News Portal

  • हिन्दुस्तानका कट्टर हिन्दुवादी प्रधानमन्त्री नरेन्द्र मोदी फर्किए लगत्तै चर्चहरुमा बिस्फोट

    इभक्तपुर संवाददाताभक्तपुर, ३० बैशाख
    ९१४ पटक
    भक्तपुर, ३० बैशाख

    ७ नम्वर प्रदेशका ३ वटा चर्चमा बम बिस्फोट भएको छ ।  शनिबार मध्यरातमा यि चर्चमा शक्तिशाली बम बिस्फोट भएको हो ।

    कैलालीको बोराडाँडीस्थित महिमा चर्चमा शनिबार राति ठुलो आवाजसहित शक्तिशाली बिस्फोट भएको हो । डोटीमा पनि २ वटा चर्चमा बम पड्किएको छ । जिल्लाको बुडरमा रहेका २ वटा चर्चमा शनिबार मध्यराति शक्तिशाली बम बिस्फोट भएको स्थानीयले जानकारी गराएका छन् ।

    बिस्फोट कस्ले गराएको र बिस्फोटबाट चर्चमा के-कति क्षति भएको छ भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।

    क्रिस्चियनहरुले पैसाको लोभ देखाएर धर्म परिवर्तन गर्न गाउँ गाउँमा गोप्य अभियान चलाएको भन्दै आलोचना भइरहेको थियो ।हिन्दुस्तानका कट्टर हिन्दुवादी प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको २ दिने धार्मिक भ्रमण सकाएर स्वदेश फर्किएको रातमै चर्चमा बम बिस्फोट हुनुलाई संयोग मात्र मानिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...