News Portal

  • बिना रुट परमिट हुम्ला पुगेकी अभिनेत्री जुही चावला प्रहरी फन्दामा

    राजन रावतहुम्ला, १६ असार
    ३३७४ पटक
    हुम्ला, १६ असार

    भारतीय पूर्व मिस इन्डिया एवंं अभिनेत्री जुही चावला बिना रुटपरमिट हुम्लामा आइपुगेपछि प्रहरी फन्दामा परेकी छन् ।

    निषेधित क्षेत्र भएको कारण बिना रुटपरमिट हुम्ला आए पछि नियमानुसार पचास डलर जरिवाना गरेर चीन मै फिर्ता गर्नुपर्ने भए पनि भारतीय दुतावास, गृहमन्त्रालय र मुख्य मन्त्रीको दवाबमा उनलाई ५० डलर प्रवेश शुल्क र दुुई हजार जरिवाना गरेर शनिवार नेपालगञ्ज हुँदै काठमाडांै पठाइएको छ ।

    यो सबै ट्राभल्स एजेन्सीको गल्ति भएको र सो कुरा अभिनेतृ चावलाले बुझेको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए ।

    अभिनेत्री चावला मानसरोवर कैलाशको धार्मिक यात्रा गरि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आइपुगेकी थिइन् । चावला काठमाडौंबाट ल्हासा हुँदै कैलाश मानसरोवरको धार्मिक यात्रा गरेर नेपाल र चीनको सिमाना हिल्साबाट शुक्रवार हेलिकोप्टरमा सिमकोट प्रवेश गरेकी थिइन् ।

    अभिनेत्री चावला शनिवार नेपालगंजतर्फ लागेकी छन् । उनी शुक्रबारै नेपालगञ्ज झर्ने कार्यक्रम भए पनि त्यही रुट परमिट समस्याको कारण एक रात प्रहरी नियन्त्रणमा बिताउनुपरेको हो ।

    उनको रुटपरमिटका सम्बन्धमा बुझ्न प्रमुख जिल्ला अधिकारी ढुगानाको टोली हिल्सातर्फ गएको थियो । अभिनेत्री चावला एक रात सिमकोटमा बास बस्नुपरेको थियो । उनीसँग १२ सदस्यीय टोली रहेको र जसमा ३ जना भारतीय र ९ जना तेस्रो मुलुकका नागरिक रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...