News Portal

  • शृंखला खतिवडा मिस वर्ल्डको ‘फाइनल राउण्ड’मा, जितिन् मल्टिमिडिया अवार्ड

    नेपालवाल संवाददाता२०७५ मंसिर १७ गते
    ११३० पटक
    २०७५ मंसिर १७ गते

    मिस नेपाल श्रृंखला खतिवडा चीनमा जारी मिस वल्र्ड प्रतियोगिताको फाइनलमा पुगेकी छन् । मिस नेपाल २०१८ खतिवडा मल्टिमिडिया अवार्डतर्फ उपाधि जित्दै अन्तिम ३० मा स्थान सुरक्षित गर्न सफल भएकी हुन् ।

    सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस वल्र्ड अन्तरगतको मल्टिमिडिया अवार्ड जित्न सफल भएकी हुन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलोचोटि हो ।

    बिभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वर्ल्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ । मेक्सिको र केन्याका सुन्दरी दोस्रो र तेस्रो स्थानमा छन् । यसैगरी सान्या टुरिज्म भिडियो च्यालेन्जमा पनि श्रृंखला तेस्रो स्थानमा रहेकी छिन् ।

    आइतबार भएको ‘हेड टु हेड’ प्रतिस्पर्धाबाट बाहिरिए पनि मल्टिमिडिया विधाबाट उनले आफूलाई प्रतिस्पर्धामा कायम राखेकी हुन् । प्रतियोगिताको फाइनल डिसेम्बर ८ मा हुँदैछ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...