News Portal

  • नेवा: समुदायले मनाए गथामुग पर्व : यस्तो छ किम्बदन्ती

    हीना सुवाल भक्तपुर, १५ साउन
    २९०० पटक
    भक्तपुर, १५ साउन

    हरेक वर्ष झै यस वर्ष पनि साउन कृष्ण चतुर्दशी (मंगलबार) का दिन नेवार समुदायले गथामुग पर्व मनाएका छन् ।

    टोल, नगर, गाउँका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा छ्वाली तथा नर्कटले बनाइएको गथामुगको दाह संस्कार गरी नेवार समुदायले यसलाई सम्पन्न गरेको छ । यसरी भीमकाय परालबाट बनेको गाथांमग सेलाउन जाँदा गुठी तथा दाफाभजनका सदस्यहरूले बाजागाजा बजाउने तथा अन्यले छ्याली बालेर सँगसँगै गई विभिन्न अश्लील गालीहरू गर्ने गरिन्छ ।

    गथामुगमा आवश्यक पर्ने साम्रगी भने टोलका स्थानीय बासिन्दासँगै माग्ने चलन रहेको छ । यसको लागि मुख्य गरी छ्वाली र नर्कट र नाङ्ग्लोका आवश्यकता पर्ने गर्दछ । टोलमा अलि चित्र कोर्न जान्नेले नाङ्लोमा विशाल डरलाग्दो मुखाकृति, कपडाबाट बनाइएका पुतलीहरूको माला, भोगटेलगायतले सिंगारिएर बनाइन्छ ।

    पराल र नर्कटबाट बनेको गथामुगलाई अश्लील र भद्दा देखाउन दुइटा ठूल्ठूला हरिया भोगटे र परालको डोरी बेरेर बनाएको डल्लो झुन्ड्याइन्छ । जसलाई पुरुषको जनेन्द्रीय अंगको प्रतीक मानिन्छ ।

    टोलटोलमा मान्छे मार्ने र मान्छेको मासु खाने गथामुग राक्षस मारेको सम्झनामा यो पर्व मनाइदै आइएको छ । टोल टोलमा गथामुगको आकृती बनाइ अपशब्द र गाली गलौजका साथ यात्रा गरि देश (हाल नगर) बाहिर लगि दहन गरिन्छ।

    यस्तो छ किम्बदन्ती

    किम्बदन्ती अनुसार मलामी गएका एक मानिसको खाजा खादै गर्दा लासको डल्लो उछित्टिएर उनको भागमा परेछ । स्वाद थाहाँ पाउने इच्छाले त्यो खाएपछि उसलाई मान्छेको मासुको तलतल लाग्न थालेछ र उ एक राक्षसमा परिणत भएछ ।

    समाजले देश निकाला गरेपछि उ झन् हिस्रक भएर बाटोमा एक्लै हिड्ने मानिसको शिकार गर्न थालेछ । एक दिन जम्काभेट भएको एक जना “नौ” ( नेवा: जाति भित्रको अर्थोपेडिक र सैलुन ब्यबसाय गर्ने) व्यक्तिले उक्त मानब मांस खाने “गथा मुग ” लाई राम्रो बनाइदिने बहानामा कपाल दार्ही काट्ने क्रममा घाटी रेटी मारिदिएछ्न ।

    यसप्रकार समाजमा हिंसा र डर फैलाउने दानब प्रवृत्ति बोकेको गथामुगको साउन कृष्ण चतुर्दशीको दिन समाज कल्याणको उदेश्य बोकेका नौले अन्त्य गरि दिएको सम्झनामा यो पर्व मनाइदै आएको जनविश्वास रहेको छ ।

    तस्वीर : राकेश सुकुपायोको वालबाट

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...