News Portal

  • यसरी भए कृष्ण १६ हजार गोपिनीका पति

    १८१३ पटक

    काठमाडौं । कृष्णको गोपिकाहरुसंगको प्रेम र सोह्र हजार रानीहरुको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ । उनका १६ हजार श्रीमती थिए भन्ने चर्चा गर्दै यसलाइ विभिन्न कोणबाट चर्चा परिचर्चा र आलोचना पनि गरिन्छ । त्यसका साथै कृष्णका अनेकौं लीलामध्ये सोह्र हजार गोपीनीहरूको लिला पनि सुनाउने गरिन्छ । आखिर कसरी श्रीकृष्णले सोह्र हजार गोपीनीसँग विवाह गरे त ? यसको खास रहस्य भने यस्तो छ ।

    गोपी र राधासँगको प्रेम निश्चय पनि एक विशेष घटना हो र यदि कुनै प्रेमी र प्रेमिका त्यस उच्च कोटिमा पुगेका छन् जहाँ कृष्ण र गोपिनीहरु थिए भने त्यस प्रेमको वर्णन उनहरुले गर्न सक्छन् ।

    श्रीकृष्ण एक पूर्ण पुरुष थिए । कृष्णमा सम्पूर्ण पुरुषोचित गुण थिए । उनी आकर्षक थिए । बहादुर थिए । निर्णायक थिए । असल रक्षक थिए । समाजका हित चिन्तक थिए । योग्य पुत्र थिए । योग्य मित्र थिए । गायक थिए, संगीतज्ञ थिए । नर्तक थिए । घिउदूधमा बालबालिकाहरुको पहिलो अधिकार स्थापना गरेर बाल अधिकारका प्रतिपादक बनेका थिए । त्यस्ता विशेष पुरुषलाई प्रेम गर्ने गोपिनीहरु धन्य भएका थिए । कृष्ण जस्ता अतिमानवको प्रेम पाएर गोपिकाहरु पनि धन्य भएका थिए ।

    भागवत ग्रन्थको रासलीलामा त्यो प्रेम ज्यादै सुन्दर र पवित्र रुपमा प्रकट गरिएको छ । राधाको चरित्र भागवतमा पाइंदैन । राधा र कृष्णको प्रेमको अभिव्यक्ति पनि ज्यादै सुन्दर छ । कसको निम्तोमा मथुरा जाने समयमा प्रेमी कृष्णले प्रेमिका राधासँग अन्तिम विदाई लिएका छन् । यस विदाईमा भगवान श्रीकृष्णले आफ्नी प्रेमिका लागि बजाएको मुरली अब अरु कसैका लागि नबज्ने उपहार प्रदान गरेर बिदाई दिएका थिए ।

    ब्रज छोडे पछि कृष्ण फेरि कुनै गोपिनीसँग भेट गर्न कहिल्यै पनि फर्केनन् । यसबाट कृष्णको प्रेमको पवित्रता स्पष्ट हुन्छ । कृष्णको प्रेम त्यागमा रुपान्तरित हुने प्रेम थियो वासनामा रुपान्तरित हुने प्रेम थिएन । गोपिनीले कुन स्तरको प्रेम गरेका थिए भन्ने उदाहरण मीराको कृष्ण प्रेमले दिन्छ । जसले संसारमा एक कृष्ण बाहेक अरु कसैलाई पनि पुरुष देख्दैनथिन् ।

    त्यस समयमा नरकासुर नाम गरेको एक पतित र व्याभिचारी राजा थियो । जसले कन्याहरुलाई जबरजस्ती पक्डिएर ल्याउंथ्यो र यौनसम्बन्ध राख्थ्यो । त्यसपछि जेलमा थुनेर राख्थ्यो । यसरी उसले हजारौं कन्याहरुलाई दूषित गरेका थिए । ती कन्याहरुलाई कसैले मुक्त गर्न सकेको थिएन । पौराणिक कथाहरूका अनुसार एक दिन देवराज इन्द्रले श्रीकृष्णलाई प्राग्ज्योतिषपुरका दैत्यराज नरकासुरको अत्याचारका बारेमा अवगत गराएका थिए । इन्द्रको प्रार्थना स्वीकार गरेर श्रीकृष्ण आफ्नी प्यारी पटरानी सत्यभामाका साथ गरुडमा सवार भएर प्राग्ज्योतिषपुर पुगे । त्यहाँ पुगेर भगवानले मुर दैत्यको वध गरे। मुर दैत्यको वध भएको खबर पाएपछि नरकासुर आफ्ना सेनापति तथा दैत्यहरूको सेनालाई साथ लिएर युद्ध गर्न आयो । नरकासुरलाई स्त्रीको हातबाट मर्ने श्राप थियो । त्यसैले कृष्णले सत्यभामालाई सारथी बनाउए र घोर युद्धपछि अन्त्यमा उनले सत्यभामाको सहयोगमा उसको वध गरिदिए। यसरी नरकासुरलाई श्रीकृष्णले मारेपछि उसको पुत्र भगदत्तलाई अभयदान दिएर उसलाई प्राग्ज्योतिषको राजा बनाए । नरकासुरले अपहरण गरेर राखेका १६ हजार कन्यालाई उनले मुक्त गरिदिए । उनले ती सबै कन्याहरुलाई मुक्त गरे अनि सबैका घरघर पठाई दिए ।

    घर गएका कन्याहरु पुनः कृष्णकहाँ फर्के । उनीहरुले कृष्णलाइ भन्न थाले कि उनीहरुलाई न त समाजले स्वीकार गर्यो न परिवारले । त्यतिमात्र नभइ उनीहरुलाइ अरु कसैले विवाह गर्न पनि मानेन । ती १६ हजार कन्याहरुले कृष्णका अगाडि आफ्ना पीडा सुनाउन थाले । हजारौं नारीहरुको यो क्रन्दन सुनेर कृष्णले तत्काल निर्णय गरे र भने, ‘तिमीहरु आजदेखि कृष्ण पत्नी भयौ ।’कृष्ण पत्नी भएपछि तिमीहरुको सम्मानको जिम्मेवारी पनि मेरो भयो ।” यसरी कृष्ण सोह्र हजार पत्नीका पति हुन पुगेका थिए ।

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...