News Portal

  • आज तीजको ब्रत : यस्तो छ महिमा

    २०४१ पटक

    नेपाली मौलिक परम्परा भएको हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण पर्व हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । द्वीतियामा दर खाने र तृतीयामा तीजको ब्रत बस्ने परम्परा रहिआएको छ । विभिन्न मिठा-मिठा परिकारका साथै ब्रतको बेला भोकप्यास नलागोस भन्ने अभिप्रायले खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूललाई ब्रतको अघिल्लो दिन दरको रुपमा खाने गरिन्छ ।

    तीजको ब्रत कठोर ब्रतको रुपमा मानिन्छ । यो दिन ब्रतालुहरु पानी समेत नपिई ब्रत बस्ने गर्दछन । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । अचेल तीज गीत र दरले गर्दा यो पर्व ज्यादै लोकप्रिय बनेको छ ।

    परापूर्व कालमा भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकोले यो दिन आफ्ना पति र सन्तानको दीर्घायूको कामना गरी हिन्दु नारीहरु तीजको ब्रत बस्ने गर्दछन । चाडै प्रसन्न हुने भगवानको रुपमा परिचित शिवले आजको कठोर ब्रतबाट प्रसन्न भई मनले चिताएको बर दिने ब्रतालूहरुको विस्वास रहेको छ ।

    एक अर्को धार्मिक विस्वास अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

    संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका बनेको छ । जसमा ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ । विष्णु संग जवर्जस्ती बिबाह गरिदिन लागेपछि आफ्नै साथीहरुले हरण गरी पार्वतीलाई लुकाइदिए र लुकेकै ठाउँबाट उनले कठोर ब्रत गरी शिवलाई प्राप्त गरिन । त्यो आजकै दिन भएकोले यसलाई हरितालिका तीज पनि भनिन्छ ।

    पानी समेत नपिई आफ्ना पति र सन्तानको लागि गरिने यो कठोर ब्रतले नारीको त्याग र आफ्नो भन्दा परिवारको अन्य सदस्यप्रतिको अगाध मायालाई स्थापित गरिदिएको छ । यो ब्रत बस्नाले बिबाहित नारीले परिवार सुख प्राप्त गर्दछन भने अविवाहित नारीले आफू योग्य वर पाउने धार्मिक विस्वास रही आएको छ ।

    चेली र माइतीको सम्बन्धलाई प्रगाढ बनाउने यो चाडको विशेष महत्व पनि छ । खेतीपातीको काम सकिएपछि पर्ने यो पर्वमा चेलीलाई माइतीले बोलाउन जाने र माइतीमा आफ्ना दुख कष्टका गीत सुनाएर त्यसको समाधान खोजिने पर्वको रुपमा यसले समाजमा बिशेष अर्थ राखेको छ । अचेल यसमा अझ विकाश हुँदै तीज समाजमा ब्याप्त कुरिती र कुसस्कारको भण्डाफोर गर्दै सामाजिक क्रान्तिको समेत सम्बाहक बन्दै गएको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...