News Portal

  • सातौं महाधिवेशनको उद्घाटनमा नेमकिपाका अध्यक्ष बिजुक्छेद्वारा व्यक्त मन्तव्यको पूर्ण पाठ

    २८११ पटक
    narayanman bijukchhe

    अन्तर्राष्ट्रिय परिस्थिति
    २१ औं शताब्दीको त्यो पहिलो एक चौथाई अवधिमा संसारको एकल महाशक्ति सम्झिने संयुक्त राज्य अमेरिकी साम्राज्यवाद एक ¥हासोन्मुख पु“जीवादी देश सावित हु“दैछ । अत्याधुनिक नरसंहारकारी हात–हतियारको उत्पादनमा अति अधिक लगानी, अफ्गानिस्तान, इराक, लिविया र सिरियामा भइरहेको आक्रमक युद्ध र संसारभरि आफ्नो युद्ध उन्मादी सैन्य अखण्डाहरूको स्थापनाले अमेरिकी पु“जीको अपव्यय र अनुत्पादक खर्चका कारण अमेरिकी साम्राज्यवादको अर्थतन्त्र ¥हासोन्मुख अवस्थामा छ ।

    त्यसैकारण संरा अमेरिका एकल महाशक्ति संयुक्त राष्ट्र संघको युनेस्कोबाट पछि हट्नु, विश्व वातावरणको पेरिस सम्झौताबाट हात झिक्नु, इरानी आणविक सम्झौताबाट हट्नु र ‘साम्यवादको आतड्ढबाट साम्राज्यवादी शिविरलाई जोगाउन’ संरा अमेरिकाले संसारभरको सैन्य अखाडाको खर्च बेहोरेको कारण संसारको सबभन्दा ‘विशाल प्रजातन्त्र’ आज गरिबीको मारबाट पीडित भएको खुलासा खूद राष्ट्रपति ट्रम्पले गरेको सर्वविदित छ ।

    यसकारण ट्रम्पले नाटो संगठनका देशहरू र उसको सैन्य अखडा भएका मित्र देशहरूस“ग आ–आफ्नो राष्ट्रको रक्षा बजेटको २ प्रतिशत रकम दिन धम्काउ“दैछ । ट्रम्पको त्यस धम्कीबाट विचलित नभई जर्मनीका चान्सलर एन्जेला मार्केलले आफ्नो देशको स्वतन्त्रता र सार्वभौमिकता आफैले रक्षा गर्न सक्षम भएको बताइन् । फ्रान्सली राष्ट्रपति माक्रोंले ‘ट्रम्प जस्तो मित्र पाएपछि शत्रु खोज्नु नपर्ने’ बताएका थिए । धर्मको नाममा आतंकवाद फैलाउन पाउ“दैन भन्ने धम्की दिएकै कारण साउदी अरबले ४ खर्ब डलरको र कतारले २ खर्ब डलरको अमेरिकी अत्याधुनिक हतियार किन्न बाध्य भएका थिए । यस वर्ष फ्रान्समा बसेको सबभन्दा विकसित औद्योगिक देशहरू संरा अमेरिका, क्यानाडा, बेलायत, जर्मनी, इटाली, फ्रान्स र जापान गरी ठूला–७ (जी—सात) को बैठक मतभेदका कारण विनानिष्कर्ष टुंग्यो । ठूला–७ को यस्तो संकट पहिलोचोटि देखिंदैछ ।

    यसको अर्थ हो – अति विकसित ७ ठूला पु“जीवादी देशहरूमा गम्भीर मतभेद देखा पर्दैछ । ट्रम्पले आफ्ना मित्र देशहरूका आयातमा थप कर लगाउने घोषणा ग¥यो र युरोपमा निर्यात हुने सामानमा पनि थप अन्तःशुल्क लिने ट्रम्पको घोषणाले पु“जीवादी देशको अर्थतन्त्रमा भित्री अन्तरविरोध देखा पर्दैछ । अर्कोतिर आज संसारको ३८ प्रतिशत औद्योगिक उत्पादन चीन एक्लैले गर्दैछ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको ब्रिक्स संगठनका देशहरूले उत्पादन र आर्थिक विकासमा फड्को मार्दैछ ।

    पाच वर्ष पहिले नै अमेरिकी अर्थतन्त्रका विश्लेषण केन्द्र वालस्ट्रिटले सन् २०२१–२२ सम्ममा चीनले संरा अमेरिकी अर्थतन्त्रलाई उछिन्नेछ भनी भविष्यवाणी गरेको थियो । त्यसबेला अमेरिकी रिपब्लिकन र डेमोक्रेटिक शासक दलहरूका प्रतिनिधिहरूले ‘असम्भव’ र ‘कहिले हुनै नसक्ने’ आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । यसकारण ट्रम्पले ‘अमेरिका पहिलो’ को नारा दिए । संरा अमेरिका त एकल विश्वशक्ति र आर्थिक रुपले एक नम्बरमै थियो । ट्रम्प ‘अमेरिका पहिलो’ को नाराले अमेरिका अहिले पहिलो होइन र हुनेछैन भन्ने संकेत स्वीकारेको विश्लेषण गर्न सकिन्छ ।

    आजको जल्दो–बल्दो विषय अमेरिका–चीन व्यापार युद्ध हो । त्यसको परिणाम के होला भन्ने विषयमा सबै चिन्तित हुनु स्वाभाविक हो । चीनले सा¥है व्यवहारिक ढंगले भन्दैछ – व्यापार युद्धले कसैको हित गर्दैन बरु वार्ताद्वारा समस्याको समाधान सम्भव छ । तर अमेरिकाले सा¥है अहंकारी ढंगले एकपछि अर्को चीनको आयातमा भन्सार दर बढाउ“दै गयो र चीन निर्यात हुने अमेरिकी सामानमा पनि अन्तःशुल्क बढाउ“दै गयो । त्यतिमात्रै होइन चीनको विरोधमा एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमा समेत माथिल्ला स्तरका कुटनैतिक व्यक्तिहरू पठाएर चीनस“ग व्यापार नगर्न, चीन एक आक्रामक र उपनिवेशवादी देश हो भनी चीनको बद्ख्वाइ“ गरी दबाब दिंदै गयो । संरा अमेरिकाले सारा संसारमा चिनिया“ ऋणको पासोको हल्ला पनि ग¥यो ।

    ट्रम्प प्रशासनको चीनप्रतिको त्यस्ता विष वमनबारे एसिया, अफ्रिका र ल्याटिन अमेरिकी ती देशका सरकारका जिम्मेवार व्यक्तिहरूले चीन आफ्नो राम्रो व्यापार साझेदार हो, चीनस“ग आफ्नो व्यापार बढ्दै गएको, चीनस“गको आफ्नो व्यापार अमेरिकास“ग भन्दा बढी भएको र चीनको सहयोग ‘ऋण पासो’ नभई विकास निर्माणका आधारभूत सहयोग भएको बताए ।

    क्युवा र प्रजग कोरियाको विरोधमा अमेरिकी साम्राज्यवादले संयुक्त राष्ट्र संघलाई अगाडि सारेर अमानवीय नाकाबन्दी गर्दैछ भने एक स्वतन्त्र र सार्वभौम देश भेनेजुयलामाथि छिमेकी देशहरूलाई दबाब दिएर नाकाबन्दी गर्दै आक्रमणको तयारी गर्दैछ ।
    संसारमा चीनको कहीं उपनिवेश नभएको एसियाई, अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूले पनि अनुभव गरेको बताउ“दा संरा अमेरिकाले चीनलाई दक्षिणतिरबाट घेर्न तयारी गर्दैछ । पाकिस्तानको कारण सार्कलाई प्रयोग गर्न नसकिने हु“दा र सिंगारपुरस“ग विद्युत र अन्य वस्तुको व्यापारको लोभ देखाई अन्य सार्क देशहरूलाई हिन्द–प्रशान्त शान्ति र विकासको नाममा एक सैन्य गठबन्धन बनाउने षड्यन्त्र बुन्यो । त्यसको केन्द्र नेपाल बनाउने भन्दै अमेरिकी सैनिक प्रतिनिधिमण्डल नेपाल पस्यो र भारतमा एक संयुक्त सैन्य अभ्यासको आयोजना ग¥यो । तर नेपाली जनताले अमेरिकी योजना एक षड्यन्त्र हो भन्नेबारे विरोध जनाएपछि नेपाल सरकारले त्यस हिन्द–प्रशान्त सैन्य गठबन्धनको संयुक्त सैन्य अभ्यासमा सामेल नहुने घोषणा ग¥यो । त्यही विषयमा अमेरिकी राजदूतले नेपाललाई तर्साउने हिसाबले नेपालको स्थितिबारे ठाडो प्रश्न गर्ने साहस गरे ।

    भारतको वर्तमान मोदी सरकार एक दक्षिणपन्थी, धार्मिक कट्टरता भएको, ठूलो राष्ट्र अहंकारवादी र फासीवादी हो । त्यस सरकारले भारतीय मुसलमान, आदिबासी, जनजाति, अल्पसंख्यक, दलित र अन्य धर्मावलम्बीहरूलाई मात्रै होइन अरु राजनैतिक दल र भारतीय जनताको राजनैतिक र मौलिक अधिकारहरू हनन् गर्दैछ । एउटा अलग झन्डा, अलग संविधान भएको देशलाई विशेष सम्बन्धको जालमा पारेर काश्मिरमा लाखौं सेना र सुरक्षाकर्मी पठाएर काश्मिरी जनतालाई बन्दी बनायो । छिमेकी भारतको त्यो चालाले नेपाली जनतामा मोदी सरकारप्रति आफू अर्को भुटान र सिक्किम बनाइने षड्यन्त्र प्रति सचेत हुनु स्वाभाविक हो ।

    संरा अमेरिका मोदी सरकारस“ग साथ लिएर हिटलरले जापानस“ग पनि साथ लिएजस्तै जापानमार्फत् चीनको दक्षिणी सागरको धमिलो पानीमा माछा मार्ने र एसियाली युद्धको नया“ तानाबाना बुन्ने सुरु गर्ने दाउमा छ । अमेरिका–भारत–जापानको त्यो त्रिकोणात्मक भूमरीमा नेपाल पर्नु कुनै हालतमा मनासिब हुनेछैन ।

    मुसोलिनी, हिटलर र मोदी

    मुसोलिनी इटालीका एक कामीका छोरा थिए भने हिटलर जर्मनीका रड्ड लगाउने कामदार र सिपाहीं थिए । भारतका मोदी एक चायवाला थिए जसले घर—घरमा चिया पु¥याउ“थे । तर कामले मजदुर भए पनि तिनीहरु विचारले आक्रामक पु“जीवादी र तानाशाही थिए ।
    मुसोलिनी रोमन राज्यको गौरवको पुनःस्थापना गर्न चाहन्थे भने हिटलर जर्मनीहरु शुद्ध आर्य रगतका बताउ“थे र जर्मनीहरुले संसारलाई शासन गर्ने नैतिक अधिकार भएको बताउ“थे । मोदी हिन्दुस्तानका सबै नागरिक हिन्दू हुने दाबा गर्छन् ।

    मुसोलिनी व्यक्तिलाई राज्यको अधिनमा रहनुपर्ने बताउ“थे भने हिटलर राज्य र राष्ट्र एउटै हो र व्यक्ति गौण सम्झन्थे । मोदी भारत एउटा राष्ट्र मान्छन् र विदेशमा रहेका हरेक भारतीयहरु एउटा राष्ट्र मान्छन् ।

    मुसोलिनी भन्थे, ‘नेताले मार्गनिर्देशन गर्छ, जनताले नेतालाई होइन ।’ हिटलर भन्थे, ‘जनता मुर्ख हुन्छन्, जनतालाई राज्यले अनुशासित गर्नुपर्छ ।’ मोदी भन्छन्, ‘सबै हिन्दुसतानी भारतीय राष्ट्रका अधिनमा रहनुपर्छ ।’मुसोलिनीले ८० हजार अर्धसैनिक युवाहरु तयार गरे तथा हिटलरले हजारौं अर्धसैनिक युवा दस्ता तयार गरे, जसलाई क्क् र क्ब् भनिन्थ्यो र पछि पा“चौं कलम भनी सशस्त्र गुप्तचर विभाग संगठन गरे । मोदीको जनसङ्घ अर्थात् पछि भाजपाको युवा दस्ता शिवसेना अर्धसैनिक ढंगको छ र सरकारमा गएपछि भारतीय गुप्तचर संस्था च्ब्ध् लाई आक्रमक ढंगले सञ्चालन गर्दैछन् ।

    मुसोलिनीले मजदुर वर्ग र कम्युनिष्ट आन्दोलनलाई दबाउन पु“जीपति वर्गस“ग सम्झौता गरे, जर्मनीमा हिटलरले साम्यवादी र यहु“दीहरुलाई दमन गर्न जर्मनीका पु“जीपति वर्गस“ग सहयोग लिए । भारतीय जनता पार्टीलाई सत्तामा ल्याउन कर्पाेरेट अथवा पु“जीपति वर्गले सहयोग ग¥यो र मोदीले मुसलमान दलित र अरु धर्म तथा जातिमाथि दमनको नीति लिंदै छन्, जवाहरलाल नेहरु विश्वविद्यालयमा जातिवादी गतिविधि भाजपा र शिव सेनाले गरेको उपद्रवमा मोदी खुदै साक्षी छन् ।

    इटालियाली राष्ट्रवादी फासीवादलाई कम्युनिष्ट र मजदुर आन्दोलन दबाउन दिन संरा अमेरिका, बेलायत, फ्रान्सेली पु“जीपति वर्गले पु“जी निर्यात गरेर इटालियाली एकाधिकार पु“जीलाई अगाडि बढ्न दिएको थियो । त्यस्तै काम संरा अमेरिका र फ्रान्सले जर्मनीको पु“जीपति वर्गलाई सहयोग गरी जर्मनियाली एकाधिकार पु“जीलाई बढावा दिए र सोभियत संघमाथि हमला गर्न सहयोग गरे । मोदीले नेपालको नया“ संविधानको विरोधमा युरोपेली संघ र बेलायतस“ग समझदारी बनाए, संरा अमेरिकाले आणविक र जलसेना भारतीय जलक्षेत्रमा राख्न भारतस“ग सम्झौता ग¥यो ।

    इटालीले ग्रीसमाथि आक्रमण गर्दा धर्म गुरु पोपले मुसोलिनीको आक्रमक सेनालाई आशिर्वाद दियो र क्याथोलिक धर्म मान्ने देश अविसियामा हमला ग¥यो । जर्मनीले जर्मनी जाति भएको अष्ट्रिया, चेकोस्लोभाकिया र पोल्याण्डलाई कब्जा ग¥यो र सोभियत संघमा हमला ग¥यो । मोदी सरकारले नेपालको तराईमा भारतीय मूलका जनतालाई भड्काई नेपालमाथि आर्थिक नाकाबन्दी गर्न सहयोग ग¥यो, चीनको पृथकतावादी दलाई लामा धर्म गुरुलाई तथाकथित प्रवास सरकारको गतिविधि गर्न दियो र श्रीलंका, बंगलादेश, भुटान नेपाल आदि दक्षिण एसियाली देशहरुमा हस्तक्षेप बढाउदैछ ।

    देशको परिस्थिति
    आज देशको अर्थतन्त्र परनिर्भर हु“दै गएको स्थिति छ । कृषि, उद्योग, पर्यटन, युवाहरूको रोजगारी आदि सबै परनिर्भर हु“दैछ । शिक्षा र स्वास्थ्य समेत सम्बन्धित अपराधीहरू (माफियाहरू) को हातमा पुग्दैछ । सडक, पुल, जलविद्युत, नहर आदि सबै अर्थात् ८० प्रतिशत विकास निर्माण कार्यहरू नेपाली अनुहारका विदेशी भ्रष्टाचारीहरूको हातमा पुग्यो । तिनीहरूले जानी–बुझिकन वा विदेशी पु“जीकै इसारामा विकास निर्माणलाई अलपत्र पारेका छन् । त्यसको एउटै उद्देश्य नेपाल द्रुतत्तर गतिमा अगाडि नबनोस् भन्ने मनसाय हो ।

    ७० लाख युवाहरू विदेश पु¥याएपछि खेतीपाती गर्ने श्रम शक्तिको अभावमा कृषि अर्थतन्त्र योजनाबद्ध तरिकाले ध्वस्त बनाइयो र वर्षको दुई खर्बको कृषि उत्पादन र खाद्यान्न आयात भयो । विदेशी नेपालमा लगानी गर्न आउनुभन्दा देशी पु“जी विदेश गयो । देशमा भएको उद्योग समेत ध्वस्त भयो र सबैजसो औद्योगिक उत्पादन विदेशबाट आउ“छ र देशभित्रै विदेशी उद्योग चालु छ । पर्यटन उद्योगको निम्ति आवश्यक वस्तु विदेशबाट आउ“छ र पर्यटकीयस्थल पुग्ने सडकहरू वर्षौंदेखि विदेशी ठेकेदारले नबनाई अलपत्र पारेको स्थिति छ । आफ्ना युवाहरूलाई स्वदेशमै रोजगारी नदिई बहुराष्ट्रिय कम्पनीहरूको सस्तो ज्यामीहरू दासको रुपमा पठाउने नेपाली स–साना लगानीकर्ताहरू नै हुन् । शिक्षा र स्वास्थ्य समेत विदेशी एजेन्टहरूको हातमा छ । विश्वविद्यालयका मुख्य मुख्य ठाउ“ र नीति निर्माणकर्ताहरू विदेशी पु“जीकै माफियाहरू हुन् । मेडिकल कलेजको हो–हल्लालाई पनि काठमाडौंले होइन दिल्लीले मात्र नियन्त्रण गर्न सक्छ ।

    यी सबै दुर्दान्त परिस्थिति विदेशमुखी अर्थतन्त्रका कारण देखिएको स्थिति हो । शिक्षामा देखिएको स्तरहीनता र असमानता, स्वास्थ्य सेवामा देखिएको अराजकता, अर्कमन्यता र जिम्मेवारीहीनता, डाक्टरी पढ्न लाखौं लगानी आदि सबै विश्व व्यापार संगठन (डब्लु.टी.ओ) को सदस्य भएपछि हुने परिणामबारे नसोच्दा देखिएको स्थिति हो । विदेशी बैंकहरूको छेलोखेलोले नेपालको अर्थतन्त्र विदेशीको हातमा पुग्नु नियोजित पाइला हो । प्रशासन, प्रहरी, गुप्तचर विभाग र सेनामा समेत विदेशी छा“या एकै दिनमा हुने विषय होइन, भ्रष्टाचार अथवा जिम्मेवार पदाधिकारीहरूको द्रव्यमोह नै हो । विदेशीले फैलाएको चाणक्य नीतिमा नेपाल फस्दैछ र यसमा नेपाली कांग्रेस, एमाले र एमाओवादीका प्रधानमन्त्रीहरू तथा मधेसवादी, राप्रपा र अन्य जाति र धर्मका राजनैतिक दलका नेता र मन्त्रीहरू सबै जिम्मेवार छन् ।

    आफ्नै देशमा जनतालाई दुःख हुने नाकाबन्दीको समर्थन गर्ने र चर्काउने विभिषणहरू देशभक्त हुन् वा देशद्रोही हुन् ? प्रष्ट छ– नेपाली जनताको अहितमा र विदेशीको हितमा हस्ताक्षर गर्ने सबै प्रधानमन्त्री तथा मन्त्रीहरू देशको यस परिस्थितिमा तिनीहरू जिम्मेवार छन् ।
    प्रधानमन्त्री को हुन् र को भयो भन्ने मूल विषय होइन, तिनीहरूले देशको हितमा काम गरे कि विदेशको हितमा काम गरे भन्नेबारे विश्लेषण महŒवपूर्ण विषय हो । ७० लाख युवाहरू विदेश पठाउने नीति ल्याउने, लाखौं लाख विदेशी ज्वाई र भान्जा–भान्जी परिवारलाई नागरिकता दिन लगाउने नीतिमा हस्ताक्षर गर्ने राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू, विदेशको हात माथि हुने गरी टनकपुर, माथिल्लो कर्णाली र अन्य जलविद्युत योजनाहरूमा हस्ताक्षर गर्ने प्रधानमन्त्री र मन्त्रीहरू देशभक्त हुन् वा देशद्रोही हुन् निक्र्यौल गर्नु आवश्यक छ । धार्मिक, जातीय, भाषिक वा क्षेत्रीय साम्प्रदायिकतालाई समेत मान्यता दिने नीति र त्यसका समर्थक सरकारहरू आजको अन्योलको परिस्थितिका जिम्मेवार हुन् ।

    राजनैतिक पार्टीहरूबारे
    हरेक राजनैतिक दल एक न एक वर्ग आधार र राजनैतिक दर्शन, विचार र सिद्धान्तको आधारमा निर्माण गरी देशमा एक आदर्श समाज स्थापना गर्ने उद्देश्य राख्छन् । तर ती राजनैतिक दलहरूले आफ्नो सिद्धान्त र आदर्शलाई छोडेर देश र जनता लुट्ने र समाजका आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता ल्याउने कुकृत्यहरू गर्दैछन् । अपराधी, भ्रष्टाचारी र कामचोरहरूको पक्ष सरकारमा रहेका दलहरूले लिएको हु“दा र न्यायपालिकालाई समेत भागबण्डाको जुवाको खालमा राख्दा सामान्य जनताले विधानपालिका, कार्यपालिका र न्यायपालिकामध्ये कसैमाथि पनि विश्वास गर्ने परिस्थितिबाट निराश पार्ने काम गरे । त्यस्ता कार्यहरू नै ती शासक दलहरूले पालैपालो गरे । ती राजनैतिक दलहरूमाथि छोटो जानकारी दिनु आवश्यक छ ।
    साथै आज संविधान दिवस मनाइदैछ, तर हाम्रो देशको कुटनीति मगन्ते कुटनीति हो, एक सार्वभौम देशको कुटनीति होइन । अब नेपाललाई दिने विदेशी सहयोग समेत भारतमार्फत् आउने भएको संकेत छ । अब नेपाल विदेशी सहयोगको नाममा ‘अमेरिका र भारतको जालमा फस्दैछ ।’

    नेपाली कांग्रेस
    नेपाली कांग्रेस नै सबभन्दा लामो शासन गर्ने राजनैतिक दल हो । प्रजातन्त्र र समाजवादमा विश्वास गर्ने भनिएको दलभित्र प्रजातन्त्र खोजिंदैछ । नेपाली कांग्रेस सरकारको सार्वजनिक कलकारखाना तथा उद्योग–धन्दाहरू निजीकरण गर्ने नीतिले देशको अर्थतन्त्र ध्वस्त भएको हो जसका कारण देशमा भ्रष्टाचार र पक्षपात मौलाएको हो ।

    नेपाली कांग्रेसकै सिद्धान्तहीनताको कारण नेपाली कांग्रेसका कार्यकर्ताहरू र ठेकेदार सदस्यहरूले गुन्डा र भ्रष्टहरू प्रतिद्वन्द्वीहरूलाई नै निर्वाचनमा पैसा र सिद्धान्तहीन समर्थन गरी देशमा राजनैतिक अराजकता फैलाएका हुन् ।

    संसदमा भएका विश्वास र अविश्वासको अन्योलको परिस्थितिमा सबभन्दा पहिले पद, पैसा, देश र विदेशमा भगाउने, होटलमा राख्ने र लुकाउनेजस्ता गैर–राजनैतिक कार्य थाल्ने काम नेकाले नै सुरु गरेको हो । त्यसको सिको गर्ने प्रेरणा पनि एमालेलाई नेकाले नै दिएको हो ।
    नेकाभित्र जात, भाषा र क्षेत्रको आधारलाई दिएको प्राथमिकताले मधेसवाद र थारुवाद, अन्य जाती भाषा र धर्मले प्राथमिकता पाएको हो । अहिले १४ हजार सक्रिय कार्यकर्ताहरूमध्ये ९ हजार कार्यकर्ता हिन्दु धर्म संविधानमा किटान गर्न खोज्ने विषयले नेपाली कांग्रेसको सैद्धान्तिक जग अत्यन्त कमजोर भएको भयावह स्थिति देखा पर्दैछ भन्ने देखाउ“छ । सारमा नेपाली कांग्रेस समाजवादी पार्टी भनिए पनि एक सामन्ती र पु“जीवादी दृष्टिकोण भएको विदेशी पु“जीको सशक्त प्रभाव भएको राजनैतिक दल हो ।

    एमाले
    नेकपा (एमाले) समाजलाई बितुल्याउने, समाजका खराब केही व्यक्तिलाई हत्या वा ‘वर्गशत्रुको सफाया’ गरेपछि समाज राम्रो हुन्छ र केही व्यक्तिको साहस, बहादुरी र वीरताले नै समाजमा ठूलो परिवर्तन हुन्छ भन्ने सन् १९०५ तिर रुसको ‘जनताको इच्छा’ भन्ने अराजकतावादी चिन्तनका नरोदवादी र (सन् १९६५—७० तिरको) भारतीय नक्सलवादको खाटो विचारबाट स्थापना भएको पार्टी हो । साथै तिनीहरू आतंक फैलाएर समाजमा आमूल परिवर्तन गर्ने राम्रो उपाय सम्झन्थे । व्यक्तिगत आतंकवाद रुसमा पतन भएजस्तै नेपालमा झापाबाट तिनीहरू पश्चिमतिर विस्थापित भएका थिए ।

    खस–आर्य जातिका युवाहरूको ती गतिविधि र प्रभावले नेकालाई उछिन्ने उद्देश्यले तथाकथित राष्ट्रिय विचारबाट प्रेरित भएको ‘झापा गुट’ ‘को–अर्डिनेशन समिति’ पछि पुष्पलाल समूह र अन्य समूहस“ग मिल्दै विकास गरेको संशोधनवादी ‘कम्युनिष्ट’ घटक हो ।
    पञ्चायतवादीहरूले राजनैतिक रुपले नेकालाई पछि पार्न सकेनन् । नेका र पञ्चायतको अन्तरविरोधबाट एमाले सरकारमा जा“दै र सरकारको प्रभावबाट आर्थिक र राजनैतिक चेतना पछि परेको क्षेत्रमा चुनावी राजनीतिमार्फत् अगाडि बढ्यो । बर्नस्टिनको संशोधनवादी एमाले एक संसदवादी र पु“जीवादी पार्टीमा रुपान्तरण भयो ।

    एमालेको बहुमत कार्यकर्ता निर्वाचनबाटै समाजवाद स्थापना हुन्छ भन्ने विश्वासमा हुनु र शान्तिपूर्ण संघर्ष र समाजलाई सुधारबाटै विना क्रान्ति समाजवाद र आमूल परिवर्तनमा विश्वास गर्छ । साथसाथै ‘जनताको बहुदलीय जनवाद’ को नारा लगाउ“दै एमाले वर्नस्टिनको सिद्धान्त अथवा माक्र्सवादलाई संशोधन गर्ने विश्वासघातको टुंगोमा पुग्यो । वर्नस्टिन कार्ल माक्र्सको एक शिष्य थिए र माक्र्सको देहान्तपछि उनले शान्तिपूर्ण ढंगले निर्वाचन र संसदीय व्यवस्थाले नै समाजवाद आउ“छ भनी क्रान्तिको बाटो परित्याग गरी माक्र्सवादप्रति विश्वासघात गरेका थिए । त्यस्तै बहुदलीय जनवादको प्रस्ट अर्थ – बहुदलीय प्रजातन्त्र हो र संरा अमेरिका, भारत, फ्रान्स आदि पु“जीवादी देशहरू सबै बहुदलीय पु“जीवादी प्रजातन्त्र नै हो । यस अर्थमा के एमाले एक पु“जीवादी दल र ‘भाइ कांग्रेस’ सावित हुन्न ? यसकारण नेमकिपाले एमालेको आत्मश्लाघा र आत्मप्रपञ्चना जस्ता नार्सियाली प्रवृत्तिको खण्डन गर्दै जानु आवश्यक छ ।

    एमाओवादी पार्टी
    पुष्पकमल दाहाल (प्रचण्ड) बाट नेतृत्व गरिएको आजको एमाओवादी (नेकपा) ‘चौथो महाधिवेशन’ मोहनविक्रम वा ‘मशाल’ कै अराजकतावादबाट शिक्षित र दिक्षित समूह हो । आज पनि नेकपा (मशाल) विचारले अराजकतावादी र व्यवहारमा एमाले र एमाओवादीस“ग निर्वाचनमा मेलमिलाप गर्छ र म्यानपावर कम्पनीको प्रयोग गर्दै युवाहरूलाई विदेशमा पठाउने व्यापार गर्छ । जनवादी गणतन्त्र चीनलाई पु“जीवादी र साम्राज्यवादी विश्लेषण अमेरिकी साम्राज्यवादी नाइके ट्रम्पको ‘चीन राष्ट्रिय पु“जीवाद’ भन्ने वाक्यांशलाई पैंचो लिएको देखिन्छ, मानौं ट्रम्प ‘मशाल’ को एक ‘समाजवादी’ गुरु हुन् ।
    भारतबाट सञ्चालित ‘जनयुद्ध’ कालान्तरमा एमाओवादीहरू भारतीय गप्तचर विभाग (रअ) को सिफारिसमा नेपालको राजनीतिलाई भारतीय एकाधिकारको पु“जीका श्यामकर्ण घोडा (ट्रोजन हर्ष) सावित ग¥यो ।
    ‘दक्षिण–एसियाको कम्युनिष्टहरूको मोर्चा’ (कम्पोसा) को उद्देश्य भारतीय विस्तारवादको सार्क देशहरूको एउटै सुरक्षा छाताको अर्को नाम हो ।
    भारतीय एकाधिकार पु“जीले ‘चीन र माओ त्से तुङ’ प्रति मित्रताको भावना राख्ने नेपाल र नेपालीहरूलाई ‘माओवादी’ नामले नै धुजाधुजा पार्ने रणनीति बोकाएको परिणामले सावित ग¥यो । आज प्रचण्ड दिल्लीको दूत हो वा नेपाली राजनीतिकै एक नेता हो चिन्न र बुझ्न साधारण नेपालीलाई गा¥हो छ । सारमा एमाओवादी एक अराजकतावादी दल हो जो एमालेजस्तै एक पु“जीवादी भासमा कहिल्यै नउम्कने गरी पतन भइसकेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी
    एमाले र माओवादी पार्टीहरू निर्वाचनमा बहुमत ल्याएर नेकालाई ठेगान लगाउने र आफ्नो अस्तित्व जोगाउन सिद्धान्तहीन राजनीतिमा हाम फालेका हुन् । आफूहरूस“ग पटकै नमिल्ने क्षेत्रवादी र अवसरवादीहरू सग पनि मिलेर निर्वाचनलाई प्रयोग गरी सरकारमा जाने उद्देश्य राख्नु आफै माक्र्सवाद नभई संशोनवाद र अवसरवाद हो । वर्गीय रुपले एमाले र एमाओवादी, नेकपा (मशाल) पूर्व पञ्चायती राप्रपा आदि सबै शासक दलहरूको उद्देश्य खस–आर्यहरूको बडा राष्ट्र अहंकारवादीहरूको राजनैतिक संघर्ष मात्र सरकारमा पुग्ने लुछाचुडी हो ।

    २०७६ को नेकपाको दस्तावेजले भन्छ – ‘… नेमकिपा … जडसूत्रीय, संकीर्ण, आत्मकेन्द्रित चिन्तन, नीति र व्यवहारको आलोचना गर्दै … समृद्धि र समाजवादका निम्ति ‘कार्यगत एकता र सहकार्यको नीति’ लिइनेछ ।’ माक्र्सवादलाई विश्वासघात गर्ने संशोधनवादी र भारतीय फा“सीवादको अगाडि झुक्ने नीति र विचार बोक्ने पु“जीवादी शासक दलहरूस“ग नेमकिपाको निरन्तर सैद्धान्तिक संघर्ष चालु छ ।

    कोरा सिद्धान्तवादको अर्थ समय र परिस्थितिबारे राम्रो मूल्यांकन नै नगरी क्रान्तिको फलाको गर्नु जडसूत्रवाद र उताउला कम्युनिष्ट हुन् भने क्रान्तिको परिस्थिति हुदा हुदै क्रान्तिको आह्वान नगर्नु संशोधनवाद हो । मुुखले समाजवाद र जनतालाई ठूल्ठूला आश्वासन दिने तर व्यवहारमा बचन पूरा नगर्ने पाखण्डी र विश्वासघाती हुन् ।

    केही वर्ष पहिले पनि एमाओवादीहरू नेमकिपालाई संसदवादी दलको रुपमा लिन्थे । तिनीहरूको समझदारी थियो – जसले बन्दुक बोक्छ – ऊ क्रान्तिकारी हो । यस खोटपूर्ण दृष्टिकोणलाई बाबुराम भट्टराईकै कार्यपत्रलाई आलोचना हुदा नेमकिपाले आफ्नो दृष्टिकोण प्रस्ट गरेको थियो । बन्दुक बोक्नु नै क्रान्तिकारी, गैर–क्रान्तिकारी र कम्युनिष्टको कसी हुने भए पृथ्वीनारायण शाह, राणा शासकहरू, २००७ सालमा नेपाली कांग्रेसले पनि बन्दुक बोकेको हुदा के ऊ पनि ‘कम्युनिष्ट’ हुने भए ? आज एमाले, एमाओवादी र नेकपा (मशाल) पनि संसदबाट सरकारमा जाने र त्यसैबाट समाजवाद ल्याउने विश्वास गर्छन् भने के तिनीहरू आफै ‘संसदवादी’ होइनन् ? नेमकिपाले क्रान्तिकै निम्ति दीर्घकालीन सोच राखेर संसदलाई कामदार जनता, देशको स्वतन्त्रता र सार्वभौमिकता, सर्वहारा अन्तराष्ट्रवाद र समाजवादको समर्थनमा प्रयोग गर्नु भनेको ‘क्रान्तिकारी संसदवाद’ हो । त्यस्तै अमेरिकी साम्राज्यवादले अफ्गानिस्तान, इराक, लिविया र सिरियामा गरेको आक्रमणको संसदमा विरोध गर्नु तथा प्रजग कोरिया र क्युवाको नाकाबन्दीको विरोध गर्नु र अमेरिकी साम्राज्यवादले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेपको संसदमा विरोध गर्नु ‘क्रान्तिकारी संसदवाद’ हो ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्न बिर्सनु भएको त छैन ? फेसबुकमै समाचार प्राप्त गर्न पेज लाइक गर्नुहोस् ।

    प्रतिकृया दिनुहोस्

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...