News Portal

  • भक्तपुरमा नवरात्री मेला शुरु

    भक्तपुर, १२ असोज
    २०४८ पटक
    भक्तपुर, १२ असोज

    भक्तपुरमा नवरात्री मेला शुरु भएको छ । घटस्थापनाको दिनबाट शुरु हुने मेलाले यहाँको आकर्षण थप बढाएको छ ।

    भक्तपुरका विभिन्न नौ शक्तिपीठमा नवरात्री मेला शुरु भएको हो । रातको समयमा यी शक्तिपीठहरुमा ठूलो मेला लाग्ने गर्दछ । दिन अनुसार मेला सर्दै जाने परम्परा रही आएको छ । बिहान भक्तजनहरु मन्दिरमा पूजा गर्ने र साँझमा मेला भर्न जाने गर्दछन ।

    बाजागाजा सहित गएका हजारौँ भक्तजनहरु मन्दिरमा मध्यरातिसम्म रहने हुदाँ यहाँको वातावरण उल्लाममय हुने गर्दछ ।

    नवरात्रि मेलामा यहाँका शक्तिपीठमध्ये पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन भोली महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन फेरि ब्रह्मायणीमा ठूलो मेला लाग्ने गर्दछ ।

    नवरात्रीको अन्तिम दिन नवमी र दशमीको दिनमा उपत्यकाका विभिन्न जिल्लाबाट दर्शनार्थी भक्तपुरका शक्तिपीठ दर्शन गर्न र मेला भर्न आउने गर्दछन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...