News Portal

  • नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड आइतवार भक्तपुर आउने

    भक्तपुर, ६ कात्तिक
    २७९१ पटक
    भक्तपुर, ६ कात्तिक

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भक्तपुर आउने भएका छन् । आइतवार बिहान उनी भक्तपुर आउने भएका हुन् ।

    नेपाल संवतका अवसरमा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभुती शंखधर साख्वाको सम्मानार्थ नेवा: मुक्ति मोर्चा नेपा केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड आउँन लागेको मोर्चाले जनाएको छ ।

    नेवा: मुक्ति मोर्चा नेपाको केन्द्रीय समितिद्वारा आयोजित राष्ट्रिय विभुती शंखधर साख्वा:को प्रतिमामा माल्यार्पण गर्न तथा नेपाल सम्बत ११४० को अवसरमा शुभकामना आदानप्रधान एवं चियापान कार्यक्रममा सरिक हुन प्रमुख अतिथिका रुपमा अध्यक्ष प्रचण्ड आउने कार्यक्रम रहेको मोर्चाका केन्द्रीय महासचिव देवेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

    मोर्चाका महासचिव श्रेष्ठका अनुसार आइतवार बिहान ७ बजे अध्यक्ष प्रचण्डले ठिमीको शंखधर चोकस्थित राष्ट्रिय विभुती शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ भने त्यसपछि ठिमी बैंक्वेटमा चियापान कार्यक्रम संचालन हुनेछ ।

    उक्त अवसरमा मोर्चाका नेताहरुका अलावा बिशिष्ठ व्यक्तित्वहरु, पार्टीका केन्द्रीय नेताहरु, भक्तपुरका जनप्रतिनिधिहरु एवं स्थानीय नेताकार्यकर्ताहरुका साथै मुक्तिकामी जनसमुदायको उपस्थिति रहने बताइएको छ । मोर्चाले निमन्त्रणा पत्र मार्फत उक्त कार्यक्रममा उपस्थितिको लागि आह्वान समेत गरेको छ ।

    नेपाल संवत र शंखधर साख्वा:
    नेपाल संवत नेपालको मौलिक राष्ट्रिय संवत हो। नेपाल संवतका प्रवर्तक शंखधर साख्वा हुन्। उनले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्बत शुरु भएको हो।

    किंवदन्ती अनुसार शंखधर ज्यादै चलाख थिए । एक समय उनले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत हुन पुग्यो । त्यो सुन उनले आफ्नो प्रयोगमा नल्याई ऋणमा डुबेका गरीव जनतालाई बाँडे । सुन पाएपछि जनताले आफ्नो ऋण तिरेर ऋणमुक्त भै आनन्दको जीवन जीउन पाए । र, ऋणमुक्त भएको दिनदेखि नेपाल सम्बत शुरु भयो ।

    अर्को किंवदन्ती अनुसार शंखधर एक धेरै धनी व्यापारी थिए । एक दिन राजाले शंखधरको सम्पत्तिमाथि अनैतिक कमाइ भएको आशंकामा कब्जा गरे तर पछि त्यो नैतिक कमाइ देखिएपछि उनले फिर्ता पाए । आफ्नो गुमिसकेको सम्पत्ति फिर्ता पाएका शंखधरले त्यो सम्पति ऋणमा डुबेका जनतालाई बाँडे । सबै जनता ऋणमुक्त भए । ऋणमुक्त भएको दिनदेखि नेपाल सम्बत शुरु भयो ।

    भक्तपुरका राजा राघब देवको आज्ञामा यसलाई राष्ट्रिय संवतको रूपमा नेपालको कार्यालयहरुमा चलाईएको थियो । नेपालमा औपचारिक रूपले यो संवत चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रहेको थियो तर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले बिक्रम संवतलाई चलनमा ल्याएपछि कामकाजको संवतको रुपमा नेपाल संवत विस्थापित हुन पुगेको देखिन्छ ।

    शंखधर साख्वालाई नेपाल सरकारले बिक्रम संवत २०५६ मा राष्ट्रिय विभुती घोषणा गरेको छ तर अझै पनि नेपाल संवतको गुमेको पहिचान फिर्ता हुन भने सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...