News Portal

  • कुकुरद्वारा बलात्कारको विषय नेपाली सेनाको संवेदनशीलतामाथि सुनियोजित प्रहार : नेपाली सेना

    भक्तपुर, ७ कात्तिक
    १५६२ पटक
    भक्तपुर, ७ कात्तिक

    तत्कालिन माओबादी जनयुद्धमा लागेकी एक युवतीलाई सेनाद्वारा कुकुरबाट बलात्कार गराईएको समाचारप्रति नेपाली सेनाले आपत्ति जनाएको छ । नेपाली सेनाले विज्ञप्ति मार्फत समाचारप्रति आपत्ति प्रकट गरेको हो ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधवार एक विज्ञप्ती जारी गर्दै उक्त समाचार राष्ट्रकै संवेदनशील सस्थाप्रति सुनियोजित रुपमा भएको प्रचारबाजी हुनसक्ने आशंका व्यक्त गरेको छ । यस्ता अपराधका लागि कुकुरलाई तालिम दिने नेपाली सेनाको नीति र क्षमता दुवै नरहेको पनि विज्ञप्तिमार्फत बताइएको छ ।

    सेनाको विज्ञप्तीमा भनिएको छ ‘नेपाली सेनाको छविमा आँच पुर्याउन सक्ने तथा आमजनमानसमा सेनाप्रतिको आस्था तथा विश्वासमा समेत ठेस पुग्न सक्ने देखिएबाट प्रकाशित समाचारप्रति नेपाली सेना ज्यादै नै संवेदनशील रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौ ।’ सेनाले घटनाको सत्यतथ्य पत्ता लगाई कारवाही गर्न प्रतिवद्ध रहेको प्रष्ट पार्दै निर्धक्क उजुरीको लागि आह्वान समेत गरेको छ ।

    हेर्नुस् विज्ञप्ति

    याे पढ्नु भयाे ? 

    किसोरीमाथि क्रुर यौन हिँसाको घटना बाहिरियो : नाङ्गै बनाई कुकुरबाट बलात्कार गराइयो

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...