तन्नेरी पुस्तामा चर्चित र्यापर भिटेन अर्थात समिर लामा घिसिङ हिरासतमुक्त भएका छन् । समिरका बुबाको जमानीमा उनी प्रहरी हिरासतबाट मुक्त भएका हुन् ।
महानगरीय प्रहरी परिसर ललितपुरले ‘भिटेन’लाई उनको बुवाको जमानीमा शुक्रवार साँझ रिहा गरिएको जनाएको छ । उनलाई भाइटीकाको भोलिपल्ट परिसरमा हाजिर हुने गरी रिहा गरिएको परिसर प्रमुख दुर्गा सिंहले बताइन् ।
‘हामी यस्तै त हो नि ब्रो!’ बोलको गीतमा उनले कुलतमा फस्न प्रेरित गरेको, अश्लील शब्द प्रयोग गरी गीत गाएको र म्युजिक भिडियोमा प्रहरीको बर्दी प्रयोग गरेर गाँजासमेत खाएको भन्दै बुधबार प्रहरीले उनलाई पक्राउ गरेको थियो ।