News Portal

  • वीर अस्पताल दुवाकोटमै बनाउन मन्त्री र सचिवको एकसाथ निर्देशन

    भक्तपुर, १२ मङ्सिर
    ३२०९ पटक
    भक्तपुर, १२ मङ्सिर

    रोकिएको वीर अस्पतालको दुवाकोट स्थानान्तरण परियोजना सुचारु गर्न नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले निर्देशन दिएका छन् । वीर अस्पतालको दुवाकोट परियोजनालाई तत्काल अघि बढाउन उनले निर्देशन दिएका हुन् ।

    भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा वीर अस्पताल स्थानान्तरण गर्ने योजना अन्तर्गत अस्पताल भवन बनाउने भनिएको ठाँउको माटो अनुपयुक्त भएको भन्दै तत्कालिन उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले परियोजना रोकेका थिए । मन्त्री ढकालले मन्त्रालयमा आयोजित विकास समाधान समिति बैठकमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालका अधिकारीहरुलाई दुवाकोट परियोजना तत्काल अघि बढाउन निर्देशन दिएका भक्तपुरका स्थानीय बासिन्दा समेत रहेका सचिव खगराज बरालले बताए ।

    वीर अस्पताल भक्तपुर सार्ने परियोजना राष्ट्रिय गौरवको आयोजना भएको भन्दै मन्त्री ढकालले वीर अस्पताललाई अन्तराष्ट्रिय स्तरको अस्पतालको रुपमा विस्तार गर्न सरकारले जग्गा समेत छुट्टयाएको अवस्थामा यसलाई तत्काल सुचारु गर्न निर्देशन दिएका उनको भनाइ छ ।

    मन्त्री ढकालको निर्देशनपछि आफूले पनि न्याम्स र वीर अस्पतालका अधिकारीहरुलाई काम शुरु गरिहाल्न भनेको सचिव बरालले बताए । ‘नगरकोटमा पनि भवन बनेका छन् । ककनीमा पनि बनेका छन् । दुवाकोटमा नबन्ने कुरा हुदैन । माटो र जमिन अनुसारको भवन बनाउन सकिन्छ ।” सचिव बरालले स्पष्ट पारे ।

    ४ वर्ष अघि चीन सरकारको सहयोगमा कुल ५० अर्वको लागतमा भक्तपुरको चाँगुनारायण नगरपालिकाको दुवाकोटमा वीर अस्पताल स्थानान्तरणको घोषणा गरिएको थियो । सो परियोजनाका लागि सरकारले चालु आर्थिक बर्षको बजेटमा ४० करोड रुपैयाँ विनियोजन गरेको छ । वीर अस्पतालको लागि चाँगुनारायण नगरपालिकाले पनि सडक विस्तार गर्न २५ करोड रुपैयाँ छुट्याइसकेको नगर प्रमुख सोम मिश्रले भक्तपुर पोस्ट संग भने ।

    भक्तपुरको स्वास्थ्य, शिक्षा लगायत समग्र बिकाससंग जोडिएको यो परियोजना तत्कालिन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले रोक्न निर्देशन दिएपछि भक्तपुरबासी चिन्तित भएका थिए । यतिबेला नवनियुक्त मन्त्री ढकाल र सचिव बरालको निर्देशनले आम भक्तपुरबासीलाई खुशी मिलेको सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य एवं भक्तपुर सह इन्चार्ज समेत रहेका चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले बताए ।

    यो पनि

    वीर अस्पताल दुवाकोटमै स्थानान्तरणको ग्यारेन्टी गर्छु : नेकपा उम्मेदवार ढकाल(अन्तर्वार्ता)

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...