News Portal

  • वीर अस्पताल दुवाकोटमै स्थानान्तरणको ग्यारेन्टी गर्छु : नेकपा उम्मेदवार ढकाल(अन्तर्वार्ता)

    भक्तपुर, ११ मङ्सिर
    ३३८२ पटक
    भक्तपुर, ११ मङ्सिर

    उपनिर्वाचनको लागि जनताको घरदैलोमा पुग्नुभयो । कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

    निर्वाचन क्षेत्र अन्तर्गत चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० का मतदाताको घरदैलोमा पुग्न भ्यायौं। उक्त अवसरमा हामीले भोट मात्र मागेनौ, चुनावी प्रतिवद्धता समेत राख्यौं । नेकपाकै मेयरको नेतृत्वमा चाँगुनारायण नगरपालिकाले गर्न सकेका कामका बारेमा सुनायौ । नेकपाकै नेतृत्वमा रहेको प्रदेश र केन्द्रीय सरकारका उपलब्धीबारे विपक्षीले फैलाएका भ्रमहरु हटायौं । यस क्षेत्रबाट निर्वाचित स्वर्गीय जनप्रिय नेता हरिशरण लामिछानेको अधुरो सपना पूरा गर्ने बाचा गर्यौं । मतदाताहरुको हामीप्रतिको अटल बिस्वास र भरोसा देख्दा हामी नतमस्तक भयौं । उहाँहरुले बिजयको लागि मायास्नेह र आशिर्वाद दिंदा हामी थप उत्साहित र जिम्मेवार भएका छौं । नेकपाले यहाँका मतदाताहरुको मन पहिल्यै जितिसकेको अवस्था पायाैँ । मतदाताहरुले सूर्य चिन्हमा मतदान गर्न आतुर भएको भनिरहँदा हामी हर्षित भएका छौं ।

    जनताको गुनासो चाहिँ केहि पाउनुभएन ?
    विपक्षीले फैलाएका कतिपय अफवाहले जनता निरास देखिएका पायौ । सत्तारुढ दलको उम्मेदवार भएका नाताले विरोधीले फैलाएका भ्रमको सामना गर्नुपर्यो । सरकारले केहि गरेन भन्ने भ्रम हामीले सरकारले गरेका कामबारे जानकारी दिएर हटाउन सक्यौ । बाटोघाटोको समस्या बारे सुनाउनुभयो । हामीले प्रत्येक बाटो बीच गर्ने प्रतिवद्धता प्रकट गर्यौ । नेताले चुनाव जितेपछि बिर्सनेगरेको किसानहरुले गुनासो गर्नुभएको छ । दलितहरुको उस्तै कुरा छ । बेरोजगारीका कुरा पनि आएका छन् । शिक्षा,स्वास्थ्यका क्षेत्रमा पहुँचको कुरा छ । धेरै गुनासोहरु हामीले टिपोट गरेर राखेका छौ । हामीले हाम्रो प्रदेश सांसद आदरणीय हरिशरण लामिछाने प्रदेश सभा सदस्य भएको ६ महिनामै गुमाउनुपरेका कारण र अर्का नेमकिपाबाट निर्वाचित संघीय सांसद प्रेम सुवाल बिकाशको कुरामा सिन्को नभाच्ने भएकाले यो क्षेत्रका कतिपय समस्या हल हुन नसकेको अवगत गरायौ । हाम्रो चुनावी प्रतिवद्धताबाट उहाँहरुको गुनासो सम्बोधन भएको छ ।

    तपाइँले आफूलाई यस क्षेत्रको बिकाशको सम्बाहकको रुपमा प्रस्तुत गर्नुभएको छ । यो केवल चुनावी प्रतिवद्धता मात्र हो अथवा तपाइसंग योजना पनि छन् ?

    हामीले निर्वाचित भएपछि तात्कालिन, मध्यकालीन, दीर्घकालीन लक्ष्य बनाएका छौ । हामीले भनेका छौ नेकपा भनेकै बिकाश हो र विकाश भनेकै नेकपा हो । हाम्रो पार्टीको संघ,प्रदेश र स्थानीय तीनै तहमा सरकार रहेको छ । हामीले बिकाश गर्न सक्ने यो भन्दा बढी आधार जनतालाई के चाहिन्छ र ? हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी नेपाली र सम्बृद्ध नेपालको अभियान शुरु गर्नुभएको छ । त्यसलाई मुर्त रुप दिन सुखी भक्तापुरबासी र समृद्ध भक्तपुर बनाउने अभिभारा हाम्रो हो । म पुन: सबै आदरणीय मतदातालाई बिस्वास दिलाउन चाहन्छु, हामी भक्तपुरलाई बिकाशको मोडल बनाउने योजना बोकेर आएका छौ । हामीसंग भिजन छ त्यसैले भोटको सहि हकदार पनि हामी नै हौँ ।

    नेकपालाई भोट नदिनुस् किनभने नेकपाको सरकारले भत्केकोपाटी–नगरकोट जोड्ने सडकको बेहाल बनाएको छ भनेर प्रतिस्पर्धीले भनिरहेका छन् नि ?

    यो बाटाे नेकपाको सरकारले नबनाएको होइन । बिगत ६ वर्षदेखि यो बाटो बन्न नसकेको अवस्था हो । बरु सत्य के हो भने प्रचण्ड नेतृत्वको सरकारको पालामा उहाँकै जोडबलले यो सडकमा बजेट परेको हो ।
    यो बाटो नगरकोट लगेर छाड्ने भनेर बजेट हालेको पनि होइन । नगरकोटसम्मको १५.६६ किलोमिटर पहिलो चरण, त्यसपछि सीपाघाटसम्म ३६ किलोमिटर अर्कोचरण र इन्द्रावतीमा पुल बनेपछि चौतारा र गणेश हिमालको फेदीसम्म पुर्‍याउने रणनीतिक महत्त्वको परियोजना हो ।
    हामी आफै पनि यो बाटो समयमै बन्न पर्छ भनेर लागिपरेका छौ । यसलाई ३ महिनाभित्र बनाइसक्ने हाम्रो प्रतिवद्धता छ ।

    ६ वर्षमा नबनेको बाटो ३ महिनामा कसरी बन्ला ?

    यो परियोजनमा भारतीय एक्जिम बैंकबाट ऋण लिएर शुरु गरेको परियोजना हो । यस्ता परियोजना जुन देशबाट ऋण लिएको हो, त्यहिको मुख्य ठेकेदारबाट गराइने प्रकृतीको हुन्छ । नेपाली ठेकेदार सहायक ठेकेदार मात्र हो हो । उसले मूख्य ठेकेदारबाट पैसा नपाएपछि यो रोकिएको रहेछ ।

    रकम निकासाको समस्या देखिएपछि पार्टीका केन्द्रीय सदस्यद्वय महेश बस्नेत,चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, म लगायत भक्तपुरको हाम्रो सिङ्गो पार्टी पंक्ति लागेर समस्याको हल भयो । घरदैलोका लागि हामीले शिर्ष नेताहरुलाई ल्याएका थियौ । त्यो हाम्रो शक्ति प्रदर्शन थिएन । यहाँको प्रत्यक्ष चित्र शिर्ष नेताहरुलाई प्राप्त होस् भन्ने अभिप्रायले उहाहरुलाई ल्याइएको थियो । हामीले सोचे जस्तै भयो । यहाँ आफ़्नोइ आखाले बाटोको अवस्था देखेपछि उहाँहरुले एक्जिम बैंकसंग पनि कुरा गर्नुभयो । हामी सबैको जोडबलले अब यो बाटो ३ महिना भित्र बन्नेमा हामी विस्वस्त छौ किनभने रोकिएको काम शुरु नै भैसकेको छ ।

    यो बाहेक अरु ३ काम भनिदिनुस जो तपाइले प्रमुख प्राथमिकताका साथ् गर्ने सामर्थ्य राख्नुहुन्छ

    बाटोलाई हामीले विकाशको मेरुदण्डको रुपमा बुझेका छौ । हाम्रो क्षेत्र पर्यटकीय क्षेत्र पनि भएकोले हामी प्रत्येक मुख्य बाटो चौडा बनाइ पीच गर्नेछौ भने सहायक बाटो पनि स्तारोंनती गर्नेछौ । त्यसका साथै हामी पर्या-पदमार्ग पनि प्रसस्तै खोल्नेछौ ।
    हामी दुवाकोटमा स्थानान्तरण हुने भनिएको बहुप्रतिक्षित बीर अस्पताल हाम्रै कार्यकालमा ल्याइसक्ने कुराको ग्यारेन्टी गर्दछौं । शिक्षालाई विकाशको मेरुदण्डको रुपमा बुझी सार्वजनिक विद्यालयको रुपान्तरण मार्फत गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्दछौ । त्यतिमात्र होइन उच्च शिक्षा र प्राविधिक शिक्षालाई महत्वका साथ् अघि बढाई बहुप्राविधिक शिक्षालय र बहुमुखी क्याम्पस स्थापना गर्नेछौ । चाँगुनारायणस्थित इञ्जिनियरिङ्ग कजेललाइ जनताको कलेजको रुपमा रुपान्तर गर्नेछौ ।

    तपाईले चुनाव जित्ने आधार के ?
    पहिलो कुरा यो स्थान नेकपाले नै जितेको स्थान हो । राप्रपा र नेपाली काँग्रेसको संयुक्त गठबन्धन हुदा पनि धेरै बहुमतले हामीले जितेका हौं । अहिलेको चुनावमा नेपाली कांग्रेसलाइ राप्रपाले समर्थन गरेपनि राप्रपाका राम्रा नेता सहित धेरै जना नेकपा प्रवेश गरिसक्नुभयो ।

    दोस्रो कुरा यो निर्वाचन क्षेत्र नेकपाको बलियो निर्वाचन क्षेत्र हो ,संगठनको हिसाबले पनि हामी बलियो छौं ।

    तेस्रो कुरा यो चुनावमा अन्य दलले जिते संसदको पछिल्लो बेन्चमा बसेर बिरोध गर्नेमात्र हुन । नेकपाले जिते तीनै तहको सरकार मार्फत बिभिन्न शिर्षकका बजेट ल्याएर यहाँको प्रसस्त विकाश गर्ने अवसर रहन्छ ।

    यी तीन कुरा नै मुख्यत हाम्रो जीतको आधार हुन् ।

    के त्यसो भए तपाइँ चुनाव जित्ने कुरामा बिस्वस्त हुनुहुन्छ ?
    हो, हामी ढुक्क छौ । यस अघि हाम्रै आदरणीय नेता हरिशरण लामिछाने यहाबाट निर्वाचित हुनुभएको हो । उहालाई ५ वर्षका लागि दान गरेको मत मतदाताले बीचमै खोस्नु हुन्न किनभने उहाको सपना साकार पार्न नेकपाले जित्नुको बिकल्प नभएको मतदाताले राम्ररी बुझ्नु भएको छ । हामीलाइ मतदाताप्रति विस्रवास छ ।

    अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?
    भक्तपुरको नेकपा एकमतका साथ चुनावमा जुटेको छ । म सम्पूर्ण पार्टी पंक्तिप्रति नतमस्तक छु । म आम मतदातालाई दुइ हात जोडेर पाँच वर्षका लागि यस क्षेत्रमा नेकपालाइ प्राप्त मतदानको निरन्तरताको लागि अनुरोध गर्दछु ।

    नेपाल मजदुर किसान पार्टी संसद्मा जाने भनेको विरोध गर्न नै हो । नेमकिपाको विजयले यहाँको विकास बिग्रन्छ । कांग्रेसका उम्मेदवार ठेकेदार हुनुहुन्छ । उहाँलाइ भोट होइन, ठेक्का दिनुपर्दछ । नेकपा जनताको पार्टी हो । जनताको भोट यसैले पाउनुपर्दछ ।

    हामी भन्न चाहन्छौ- आदरणीय मतदाताज्युहरु कन्यादान भन्दा पून्यको काम मतदान हो । जसरी तपाइँहामी जो पायो त्यसैलाई नठहराई छोरी दिदैनौ त्यसैगरी जो पायो त्यसैलाई मत पनि दिनु हुदैन । सूर्य चिन्हमा मत दिएर सुखी नेपाली र सम्बृद्ध नेपाल बनाउने अभियानमा साथ् दिनुस् । म हाम्रा स्वर्गीय जनप्रिय नेता हरि गुरुको सपना साकार पार्न र यस क्षेत्रको बिकासको लहर ल्याउन कुनै कसर बाकीं नराखी इमान्दारिताको साथ् लागिरहने प्रण गर्दै सूर्यमा मतदान गर्न सम्पूर्ण न्यायप्रेमी मतदाताहरुलाई अनुरोध गर्दछु ।

    प्रस्तुती : बाबुराम दाहाल / भक्तपुरपोस्ट

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...