News Portal

  • सूर्यविनायकको प्रमुख प्राथमिकतामा कृषि : नगरलाई दुध,मासु र अन्डाको हव बनाइने(पूर्णपाठसहित)

    भक्तपुर पोष्ट संवाददाता सूर्यविनायक, ८ ासार २०८१
    ४६६ पटक
    सूर्यविनायक, ८ ासार २०८१

    सूर्यविनायक नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको छ । नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखिएको हो ।

    सूर्यविनायक नगरपालिकाले विस्थापित हुने क्रममा रहेको कृषि पेशाको संरक्षण, बिकास एवं बिस्तार गरी कृषिलाई व्यवसायीकरण गर्ने र उत्पादन बढाउने नीति लिएको हो । यसका लागि कृषी भूमिको संरक्षण, माटो परिक्षण, बिउबिजन, मल, सिंचाई र यान्त्रिकीकरण लगायतको कार्यक्रम अघि सारिएको छ ।

    सूर्यविनयकले वास्तविक किसानको तथ्यांक संकलन गर्ने, परिचय पत्र उपलब्ध गराउने र कृषिमा अनुदान दिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ भने क्रिशीजन्य रोजगारी प्रवर्द्धन गर्ने पनि उल्लेख गरिएको छ । सूर्यविनायक नगरलाई फूल, दुध, मासु र अन्डाको हवको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।

    पर्यटन प्रवर्धनमा निजी क्षेत्रसंग सहकार्य गर्ने नीति लिएको सूर्यविनायक नगरपालिकाले शिव सर्किटलाई थप व्यवस्थित गरी धार्मिक पर्यटकलाई नगरसँग जोड्ने नीति पनि लिएको छ । ”धार्मिक सास्कृतिक परिपथ्को बिकास र रैथाने उत्पादनमा आधारित होम्स्टे र ग्रामिण पर्यटन प्रवर्द्धन गरिनेछ ।” नीति तथा कार्यक्रममा भनिएको छ ।

    नगरपालिकाले बेरोजगारको तथ्यांक लिने र स्थानीय रोजगारी सृजना गर्ने नीति लिंनुका साथै नगर प्रमुख स्वरोजगार अभियान चलाउने समेत सार्वजनिक गरेको छ । त्यसैगरी रोजगारी संग सहकारी कार्यक्रम अघि सारिएको छ ।

    सूर्यविनायकाले शिक्षामा पनि सिक्दै कमाउदैं नीति लिएको छ भने वडा नम्बर ७ मा इञ्जिनियरिङ्ग र नर्सिङ्ग कलेज संचालन गरिने कार्यक्रम अघि सारेको छ ।

    “नगरपालिकाको रफ्तार, स्वास्थ्य सेवामा बिस्तार भन्ने नाराका साथ् नगर अस्पातललाई सुविधा सम्पन्न बनाउने, नागरिकको निशुल्क बिमाका लागि कोष स्थापना गर्ने, नागरिक संग मेयर स्वास्थ्य कार्यक्रम संचालन गरी स्थानीयको घर आगनमै घुम्ती स्वास्थ्य सेवा पुर्याउने नीति तथा कार्यक्रम मेयर बासुदेव थापाले सार्वजनिक गरेका छन् ।

    हेर्नुस सूर्यविनायकको नीति तथा कार्यक्रम

    suryabinayak plan and program

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...