News Portal

  • भक्तपुरले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहन गर्ने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ७ असार २०८१
    २६४ पटक
    भक्तपुर, ७ असार २०८१

    भक्तपुर नगरपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहनको नीति लिएको छ । शिक्षामा अनुकरणीय अभ्यास गरिरहेको भक्तपुर नगरपालिकाले नतिजाको आधारमा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहनको नीति लिएको हो ।

    शुक्रवार १६ औं नगर सभामा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख सुनिल प्रजापतिले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहन गरिने प्रष्ट पारेका हुन् । २ इञ्जिनियरिङ्ग कलेजसहित ७ शैक्षिक संस्था आफैंले संचालन गरी गुणस्तरीय शिक्षामा अब्बल सावित भक्तपुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    नीति तथा कार्यक्रममा शिक्षासंग सम्बन्धी १८ बुँदा रहेका छन् । पहिलो बुँदामा ख्वप: विश्वविद्यालय संचालन विधेयक पारित गराउन पहल गरिराख्ने नीति लिएको भक्तपुर नगरपालिकाले सोका लागि तयारी समिति गठन गरिने घोषणा गरेको छ भने अन्तिम बुँदामा बालविकास सहजकर्ता अर्थात इसीडी शिक्षक र विद्यालय कर्मचारीको लागि न्यूनत्तम पारिश्रमिक पाउने व्यवस्था गरिने बताइएको छ ।

    चौथो बुँदामा नगर भित्रका पर्यटन , कृषी, शिक्षा, स्वास्थ्य , खानेपानी, बातावरण र सरसफाई जस्ता विषयमा अनुसन्धान गर्ने विद्यार्थीलाई नगरपालिकाले अनुसन्धान वृत्तिको व्यवस्था गर्ने उल्लेख गरिएको छ । १६ औं बुँदामा भक्तपुर नगर क्षेत्रमा संचालित कलेजहरुमा अध्ययनरत विद्यार्थीका लागि विभिन्न संघ संस्थामा इन्टर्नशीप , कार्यस्थल तालिम र आंशिक रोजगारीको समेत व्यवस्था मिलाइने बताइएको छ ।

    भक्तपुर नगरपालिकाले ‘एक विद्यालय, एक सम्पदा सरसफाई’ को नीति लिएको छ भने पुस्तकालय लाई थप व्यवस्थित गर्ने उद्घोष गरेको छ । अघिल्लो वर्षहरुको नीति तथा कार्यक्रममा रहेको मानविकीका विशेष विषयहरुमा पूर्ण छात्रवृत्ती, शैक्षिक ऋण, एमफिल /पिएचडीमा दिंदै आएको प्रोत्साहन लगायतका कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा बताइएको छ ।

    सो अवसरमा प्रमुख अतिथि संघीय सांसद प्रेम सुवाल, उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत बसन्तप्रसाद भट्टराई, जिप्रकाका प्रशासकीय अधिकृत अशोककुमार पोखरेल, भक्तपुर उद्योग बाणिज्य संघकी अध्यक्ष रोशनी मैया धौबनजार, ख्वप: कलेज अफ इञ्जिनियरिङ्गका प्राचार्य इ. सुनिल दुवाल र ख्वप: अस्पतालका निर्देशक डा मजेशप्रताप मल्ल लगायतले नगरपालिकाको नीति तथा कार्यक्रममा टिप्पणी गर्दै नगरपालिकाको नीति तथा कार्यक्रम समाजवाद उन्मुख रहेकोप्रति सन्तोष व्यक्त गरेका थिए ।

    भक्तपुरमा २६ आधारभूत विद्यालय, ७० माध्यमिक विद्यालय, ८ कलेज र २ प्राविधिक शिक्षालय रहेका छन् । नगरपालिका आफैंले ४ कलेज, २ माद्यमिक विद्यालय र १ बहुप्राविधिक अध्ययन संस्थान संचालन गरिरहेको छ । शिक्षामा ‘भक्तपुर मोडल’ हेर्न देश विदेशबाट शिक्षाप्रेमीहरु भक्तपुर नगरपालिका आउने गरेका छन् ।

    हेर्नुस् भक्तपुरको नीति तथा कार्यक्रममा शिक्षा

    क) शिक्षा ः
    १. संघीय संसदबाट ख्वप विश्वविद्यालय सञ्चालन विधेयक पारित गराउन निरन्तर पहल जारी राखिने छ र विज्ञहरूको टोली बनाई ख्वप विश्वविद्यालय सञ्चालन तयारी समिति गठन गरिनेछ ।

    . भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा विद्यार्थीहरूको माग र समयअनुसार स्नातक र स्नातकोत्तर तहमा नयाँ नयाँ विषयहरू थप गरिँदै लगिने छ । सीटीईभीटीबाट सम्बन्धन प्राप्त ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा रेडियोलोजी, एचए, फार्मेसीलगायतका बिषयहरूका कक्षा सञ्चालनका लागि आवश्यक तयारी गरिने छ ।

    ३. भक्तपुर नपाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा २०८१ साल माघ महिनार्मा भूकम्प इन्जिनियरिङ’ बिषयमा राष्ट्रिय सम्मेलन र २०८२ सालमा ‘भूकम्प इन्जिनियरिङ तथा विपद् पश्चातको पुनःनिर्माण’ शीर्षकमा चौथो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने छ । शिक्षक कर्मचारीहरूलाई उच्च शिक्षा अध्ययन (विद्यावारिधि÷एमफिल)मा दिइ आएको प्रोत्साहनलाई थप व्यवस्थित गर्दै निरन्तरता दिइने छ । त्यस्तै ख्वप कलेजमार्फत पनि अन्तर्राष्ट्रिय सम्मेलनको तयारी थालिने छ ।

    ४. भक्तपुर नगरपालिकाभित्रका पर्यटन, शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण र संरक्षण, सहकारी, कृषि, खानेपानी, वातावरण, सरसफाइजस्ता विषयहरूको अध्ययन अनुसन्धान गर्नेहरूका लागि अनुसन्धान वृत्तिको व्यवस्था गरिने छ ।

    ५. नगरबासी विद्यार्थीहरूलाई इतिहास, भूगोल, संस्कृति, नेपालभाषा, राजनीतिशास्त्र, दर्शनशास्त्र, तर्कशास्त्र जस्ता विषयहरूमा स्नातकदेखि विद्यावारिधिसम्म पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएकोलाई निरन्तरता दिइने छ र उच्च शिक्षाको लागि प्रदान गर्दै आएको शैक्षिक ऋणलाई पनि निरन्तरता दिइनेछ ।

    ६. अनुसन्धान र सूचना व्यवस्थापन केन्द्र स्थापना गरी उच्च शैक्षिक संस्था तथा अनुसन्धानकर्ताहरूसँग सहकार्य गरी भक्तपुर नगरपालिकाभित्रका विभिन्न विषयहरूको बारेमा अध्ययन अनुसन्धानको व्यवस्था गरिने छ ।

    ७. शिक्षालाई ज्ञान र सीपसँग जोड्न विभिन्न प्रकारका व्यवसायिक र सीपमूलक तालिमहरू सञ्चालन गरिने छ ।

    ८. सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि समय समयमा शिक्षकहरूलाई पुनर्ताजगी तालिमहरू दिइने छ । विद्यार्थीहरूमा नागरिक भावनाको विकास गर्न नैतिक र व्यवहारिक शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।

    ९. नेपाल भाषालाई स्थानीय पाठ्यक्रममार्फत विद्यालयहरूमा अध्ययन अध्यापनको व्यवस्था गर्न आवश्यक तयारी गरिने छ । नेपालभाषा र लिपि तथा मूर्तिकला, चित्रकला, प्रस्तरकला, संगीत, नृत्य कक्षाहरू क्रमशः सञ्चालन गर्दै लगिने छ ।

    १०. विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय जनजीवन, सम्पदा संरक्षण, खेलकुद गतिविधि, संगीत साधनाजस्ता अतिरिक्त क्रियाकलापहरूमा सहभागी गर्ने व्यवस्था मिलाइने छ । साथै समय समयमा हाजिरीजवाफ, निबन्ध, सांस्कृतिक, चित्रकला प्रतियोगिता आयोजना गरिने छ ।

    ११. स्थानीय पाठ्यक्रमसँग सम्बन्धित सन्दर्भ सामग्रीहरूको प्रकाशनलाई निरन्तरता दिइने छ । समयानुकूल स्थानीय पाठ्यक्रम परिमार्जन गरिने छ र भक्तपुरका सांस्कृतिक तथा सामाजिक पहिचान झल्किने सांस्कृतिक संग्रहालय निर्माणको लागि आवश्यक तयारी गरिने छ ।

    १२. विद्यालयले हासिल गरेको नतिजाको आधारमा उत्कृष्ट विद्यार्थी, उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यालय घोषणा गरी प्रोत्साहनको व्यवस्था गरिनेछ । मावि तहको विद्यालयहरूमा क्रमशः गणित प्रयोगशालाको व्यवस्था गर्दै लगिनेछ ।

    १३. ‘एक विद्यालय, एक सम्पदा सरसफाइ’ को नीतिलाई प्रभावकारी बनाइँदै लगिनेछ र विद्यालयहरूमा स्काउट टोली गठन, नियमित खेलकुद र सांस्कृतिक प्रशिक्षणको व्यवस्था मिलाइनेछ ।

    १४. विद्यालयहरूको गुणस्तर वृद्धिको लागि विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिबाट भइरहेको कार्यलाई समयानुकूल सुधार गरी प्रभावकारी बनाउँदै लगिनेछ । समितिको सिफारिसमा विद्यालयको भौतिक संरचना निर्माणका लागि पनि सहयोगको नीति लिइने छ ।

    १५. बाल विकास केन्द्र सञ्चालन गरिएका विद्यालयहरूलाई व्यवस्थित गर्न त्यस्ता विद्यालयहरूलाई सहयोगको नीति अवलम्बन गरिनेछ र विद्यालयहरूको अबस्था हेरी कक्षा सञ्चालन तथा शिशुस्याहार केन्द्रको रुपमा विकास गरिनेछ । अपाङ्गता भएका विद्यार्थीहरूलाई प्रोत्साहनको नीति लिइनेछ ।

    १६. भक्तपुर नगर क्षेत्रमा सञ्चालित कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न संघ संस्थामा इन्टर्नशीप, आंशिक रोजगारी र कार्यस्थलमा तालिम (अन द जब ट्रेनिङ) को व्यवस्था मिलाइनेछ ।

    १७. नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालय र इ—लाइब्रेरीलाई अझ व्यवस्थित गर्न आवश्यक पुस्तक तथा सन्दर्भ स्रोतहरूको व्यवस्थाको साथै भौतिक सुधारहरू गर्दै लगिने छ ।

    १८. ईसीडी शिक्षक तथा विद्यालय कर्मचारीको न्युनत्तम पारिश्रमिकको व्यवस्था गरिनेछ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...