News Portal

  • भक्तपुरको पाँचतले मन्दिरको जीर्णोद्धार शुरु, शुभसाईत शनिबार

    निशा कुस्मा / भक्तपुर पोस्टभक्तपुर, १८ मङ्सिर
    १५७९ पटक
    भक्तपुर, १८ मङ्सिर

    विश्व सम्पदा सुचिमा रहेको भक्तपुरको पाँचतले मन्दिरको जीर्णोद्धार शुरु गरिएको छ ।

    टौमढी क्षेत्रमा रहेको उक्त मन्दिरमा २०७२ बैशाख १२ गते आएको भूकम्पले मन्दिरको पाँचौं तल्लामा मात्र क्षति पुगेको भक्तपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष प्रेमगोपल कर्माचार्यले जानकारी दिएका छन् । केहि दिनको अन्तरालमा आइरहेको परकम्पनले मन्दिरमा थप क्षति गरेको थियो ।

    कर्माचार्यले हाललाई भने पाँचौं तल्लाको मात्र जीर्णोद्धार गर्ने र आवश्यक परेको खण्डमा आवश्यकता अनुसार मर्मत गर्दै जाने बताएका छन् । उनले उपभोक्ता समितिमार्फत मन्दिर जीर्णोद्धार सुरु गरेको जानकारी दिए ।

    स्थानीय बुढापाकाका अनुसार १९९० सालको भूकम्पमा पनि मन्दिर माथिल्लो तलामात्रै भत्किएर जीर्णोद्धार सम्पन्न गरेको थियो । सांस्कृतिक र धार्मिक महत्व बोकेको उक्त मन्दिरको छानो बिगार्ने काम शुभसाईत हेरेर गर्नु पर्छ भन्ने पक्षमा स्थानीय बुढापाका रहेको उपभोक्ता समितिका अध्यक्ष केशव तमखुले बताए । वडा अध्यक्ष कर्माचार्यले शुभसाईत शनिबारका दिन परेको जनाए ।

    भक्तपुर सम्पदा साखाका इञ्जिनियर रामगोविन्द श्रेष्ठको भनाई अनुसार भक्तपुर नगरपालिकाले ६५ लाख १३ हजार तीनसय ५८ रूपैयाँको लागत इस्टिमेट गरीएको छ । उनले अघिल्लो आर्थिक वर्षमा नै पाँचतले मन्दिर जीर्णोद्धार गर्ने भक्तपुर नगरपालिकाले निर्णय गरी ५७ लाख ४४ हजार दुई सय ४२ रूपैयाँ लाग्ने अनुमान गरिएको बताए ।

    ‘पाँचतले मन्दिर जिर्णोद्वार गर्न गत वर्ष नै बजेट छुट्याइएको थियो, भैरवनाथको मन्दिर पनि जिर्णोद्वार गरिरहेको थियो’ अध्यक्ष्य केशव तमाखुले भने, ‘ एकै ठाउँमा दुईवटा मन्दिर एकै साथ जिर्णोद्वार गर्दा समस्या आउने हुनाले पाँचतले मन्दिरको काम रोकिएको हो ।’ जीर्णोद्धारको लागि खट बाध्ने काम मङ्सिर ७ गतेबाट सुरु गरेको उनले बताए । जीर्णोद्धारको कार्य यहि आर्थिक वर्षको मसान्तसम्ममा सक्ने अनुमान रहेको इञ्जिनियर श्रेष्ठले बताएका छन् ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्नुभयो  ? पेज लाइक गरि फेसबुकमै खबर प्राप्त गर्नुहोस !

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...