News Portal

  • दैवज्ञ ज्योतिष तुलसीराम जोशीको शोकसभा सम्पन्न

    काठमाडौं, २२ मङ्सिर
    ३२४९ पटक
    काठमाडौं, २२ मङ्सिर

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले दैवज्ञ ज्योतिष तुलसीराम जोशीको स्मृतीमा शोकसभा सम्पन्न गरेको छ । समितिको सेतोपुलस्थित कार्यालयमा आइतवार शोकसभा सम्पन्न गरिएको हो ।

    समितिका पूर्व सदस्य समेत रहेका जोशीको गत १२ गते ८९ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनले समिति मर्माहत भएको समितिका सदस्य सचिव पं ज्योतिष सूर्य प्रसाद ढुंगेलले बताए । दिवंगत आत्माको चीर शान्तिको लागि शोक सभा आयोजना गरिएको उनको भनाइ छ ।

    शोक सभामा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम ,समितिका पूर्व अध्यक्ष एवं अध्यक्ष धर्मसभा नेपालका अध्यक्ष प्रा डा. माधव भट्टराई ,विश्व ज्योतिष परिषद्का डा. लोक राज पौडल त्यसैगरी प्रा. श्री कृष्ण अधिकारी (वाल्मिकि संस्कृत क्याम्पस)
    पुरोहित संघका लीला आचार्य, नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डे, पन्च ओमकारका शशीधर जोशी लगायत ज्योतिष पण्डितहरु सहभागी भएका थिए ।

    सहभागीहरुले फलित ज्योतिष विषयमा जोशीको उच्च विद्वताको प्रशंसा गर्दै दिवंगत जोशीको फोटोमा माल्यार्पण गर्नुका साथै उनको उत्तम गतिका लागि इश्वरसंग प्रार्थना गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...