News Portal

  • ग्रहण ११:३१ बजे सकिने : खुला आँखाले हेर्न नहुने ग्रहणमा निम्न राशीलाई लाभ हुने भविष्यवाणी

    २१०५ पटक

    आज पुस १० गते बिहीवार तदनुसार छब्बीस डिसेम्बर । आजको दिन तिथि अनुसार पौष कृष्ण औशी परेको छ भने पूर्वनिर्धारीत सूर्यग्रहण विहान ८:४२ बजेबाट शुरु समेत भैसकेको छ ।

    आजको सूर्यग्रहण खण्डग्रास सूर्यग्रहण हो । सूर्य र पृथ्वीको बीच चन्द्रमा पर्दा चन्द्रमाले सूर्यको प्रकाश छेके पछि पृथ्वीमा लाग्ने ग्रहण नै सूर्यग्रहण हो ।

    पनचाङ्ग निर्णायक समितिका सदस्य सचिव समेत रहेका वरिष्ठ ज्योतिष सूर्यप्रसाद ढुंगेलले भक्तपुर पोस्ट संग भने अनुसार सूर्यग्रहण प्रत्यक्ष आखाँले कसैले पनि हेर्नु हुँदैन । अप्रत्यक्ष रुपले हेर्न पनि कुन राशीलाई कस्तो फल मिल्ने भन्ने ज्योतिषीय भविष्यवाणी गरिएको उनको भनाइ छ । शुभ फल प्राप्त हुने राशि भएका मानिसलाई कुनै भाँडामा पानी राखेर त्यसबाट अथवा कुनै सुरक्षित यन्त्रका माध्यमबाट मात्र सूर्यग्रहण हेर्न सुझाव दिइएको छ ।

    ज्योतिषीय भविष्यवाणी अनुसार आजको ग्रहणमा निम्न राशीहरुको लागि निम्नानुसार फल प्राप्त हुने उल्लेख गरिएको छ ।

    मेष : माननास
    वृष : कष्ट
    मिथुन : स्त्रीपिडा,
    कर्कट : सुख
    सिंह : चिन्ता
    कन्या : ब्यथा
    तुला : श्रीप्राप्ति
    वृश्चिक : क्षती
    धनु : घात
    मकर : व्यय
    कुम्भ : लाभ
    मीन : सुख

    तर, सूर्य ग्रहणले मानव जीवनमा पार्ने प्रभाव बारे कुनै पनि वैज्ञानिक आधार प्राप्त नभएको खगोलविदहरु बताउछन । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले टेलिस्कोपको सहायताबाट सूर्यग्रहण अवलोकन गराइरहेको छ । खुला आँखाले भने कसैले पनि सूर्यग्रहण हेर्नु नहुने समितिको समेत सल्लाह रहेको छ ।

    २ घण्टा ४९ मिनेट लाग्ने आजको ग्रहण १०:०१ बजे मध्य हुने र ११:३१ बजे समाप्त हुने बताइएको छ ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्नुभयो ?

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...