News Portal

  • भक्तपुरमा सम्यक महादान पर्व भव्यरुपमा मनाउने तयारी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ पुस
    २९६९ पटक
    भक्तपुर, २८ पुस

    भक्तपुरमा सम्यक महादान पर्ब माघ १ गते भब्यरुपमा मनाउदैं छ । नेपाल सम्वत ७९४साल देखि चल्दै आएको सम्यक महादान पर्व भक्तपुरको थथुवही (भक्तपुर मिनिबस पार्क, नःपुखु) स्थित जयकिर्ति महाविहारमा गरिन्छ । भक्तपुर नगर भित्र रहेको पाँच दिपंकार बुद्धहरुलाई प्रत्येक बर्ष जयकिर्ति महाविहार थथुवहीमा ल्याएर सम्यक महादान पर्व मनाउने चलन छ ।

    सम्यक महादान ब्यवस्थापन समिति तथा नेवा पत्रकार राष्ट्रिय दबु भक्तपुर शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा माघे सक्रान्तीको दिन मनाउने सम्यक महादान पर्वमा दान दिनाले दुःख नाश गरी पुण्य बढाएर बोधि ज्ञानको मार्गमा प्रतिष्ठित गरी निर्वाणमा पुर्याउने , रोग द्वेष लोभ आदि मारगुण नाश गरी दिने जन विश्वास रहेको समितिका सचिव रवि किरण बज्राचार्यले बताउनुभयो ।
    सम्यक महादानमा दान गर्ने वस्तुहरु यस प्रकारका छन् ।

    गेडागुडिको परिकारहरु — १.गोमाय्, २.बालामाय्, ३.ह्याउँमाय्, ४.गोमू, ५.कसू, ६.तुइमुस्या, ७.सिइमुस्या, ८.मस्यांचा, ९.जरिग्व, १०.कोंल, ११.भुति
    सागसब्जीहरु — १.इकंचा, २.मिच, ३. वप्स, ४ म्हुकं, ५ चिम्हुकं, ६.वाकंचा, ७.सकिमुथ, ८.स्वाँचा, ९.कलांचा, १०.काउली, ११.तुकंचा, १२.आमलि, १३.कछें, १४.कच, १५.सिमल, १६.पाछैचा, १७.तुकंचा, १८.मिच

    मिठाई — १.लड्डु, २.पुरि, ३.घ्योचाकु, ४.पंचपकुवान, ५.चतांमरि २ वटा, ६.माय् व १ वटा,
    फलफुल — १.देलचा, २.वल, ३.सतवेल, ४.अम्ब, ५.चयपि, ६.खय्पि, ७.तु,
    धौ दुरु — १.धौ, २.दुरु
    मिठाइ — मरिप्वः , यी माथि उल्लेखित नामहरु सबै नेपाल भाषाबाट लेखिएको हो ।

    यी माथि उल्लेखित सवै परिकार राखी सकेपछि ती राख्न जाने लकमिहरुलाई भित्र घ्योचाकू राखेर पालुं भोजन गराइन्छ ।

    भक्तपुरको सम्यक् नियमित सम्यक् महादान हो । यस पर्वमा भक्तपुर नगर बाहेक अन्य स्थानबाट देवताहरु ल्याएको हुँदैन । उक्त सम्यक्मा निमन्त्रणा गर्ने दीपंकर बुद्धकामूर्तिहरुका साथै संघ सदस्यहरुमा वज्राचार्य, बुद्धाचार्य र शाक्यहरु निम्न प्रकारका हुन् ।

    देवताहरुमा सम्यक् गुठि परिवारको कूलदेवता हेबज्र नैरात्मा प्रशन्नशील महाविहाको देवता लोकेश्वर र मूल दीपंकरबुद्ध, चतुब्रम्ह महाविहारको दीपंकरबुद्ध, मंगलधर्म द्विप महाविहारझौरवही गाल्मढि टोलको दीपंकरबुद्ध, जयकिर्ति विहार थथुबही इटाछेँको दीपंकरबुद्ध, बौद्ध समकृत विहार कुथुबही भार्वाचोको दीपंकरबुद्ध, सम्यक् महादान गुठिका संस्थापक लगायत वहाँका वंशजहरु श्री बज्राचार्य जयरत्नको नाममा ने.सं. ८०७ सालमा स्थापित, श्री वज्राचार्य जयमूनिले स्थापित, श्री वजाचार्य जयधर्मले स्थापित र श्री वज्राचार्य पूर्णराजले स्थापित सम्यक् महादान गरि स्थापना गरेका सुवर्णवर्णका चार सम्यक देवताका मूर्तिहरु तथा सम्यक् महादान आयोजना गर्दा आयोजकबाट स्थापना गरेका रम्यकूटागार शैलीको वज्रधातुचैत्य हुन् ।

    त्यस्तै बौद्धसंघहरुमा भक्तपुरको सबै संघको सबभन्दा जेष्ठ संघनायक पशुपति महाविहारकोस्थविर आजु, सम्यक् महोत्सवको विधि विधान अनुसार कार्य सम्पन्न गर्ने मूल आचार्य गुरु र उपाध्याय गुरु लगायत भक्तपुर नगरभित्र स्थापित परम्परागत बाहाःहरुका संघ सदश्य शाक्य बज्राचार्यहरुलाई निमन्त्रण गरि दान गरिन्छ ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...