News Portal

  • सवारी दुर्घटनामा परी गायक निशान भट्टराईको मृत्यु

    भक्तपुर, २९ पुस
    १८७० पटक
    भक्तपुर, २९ पुस

    गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । सोमबार राति भएको दुर्घटनामा गायक भट्टराईको मृत्यु भएको हो । दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर घर फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो ।

    ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार भट्टराईको कार तीनकुनेमा दुर्घटनामा परेको हो । उनी आफैंले चलाएको गाडी तीनकुनेमा पोलमा ठोक्किएको थियो । गम्भीर अवस्थामा उनलाई ट्रमा सेन्टर पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

    गायक भट्टराईको ‘कामनाले भरिएको’ पहिलो गीत हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर’ उनको अर्को लोकप्रिय गीत हो । यसमा महिला स्वरमा सुकमित गुरुङले भट्टराईलाई साथ दिएकी छिन् । उनको अर्को लोकप्रिय गीत ‘हेर धर्ती’ हो ।

    यो गीत नेपाल आइडल सिजन वानका प्रतिस्पर्धी निशान भट्टराईले गाएपछि नयाँ पुस्ता माझ पनि लोकप्रिय भएको थियो ।निशान ०४१ मा रेडियो नेपाल प्रवेश गरेका थिए । ०४१ देखि ०४४ को अन्त्यसम्म उनले रेडियो नेपालमा गायकको रुपमा काम गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...