लकडाउनलाई खुकुलो बनाउदै सरकारले उपत्यका बाहिर जान चाहनेलाई २ दिन खुला गर्ने भएको छ । भोलि शुक्रबार र पर्सि शनिबार दुईदिन घर जान चाहने डेरावाल लाई जान दिने निर्णय भएको हो ।
उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय समितिले यस्तो निर्णय लिएको बताइएको छ । तर, उपत्यका आउनको लागि भने अनुमति दिइएको छैन।
चैत ११ गतेदेखि जारी लकडाउनका कारण उपत्यकामा उत्पन्न हुनसक्ने खाद्यान्न संकटलाई रोक्न डेरामा बस्नेलाई गाउँ पठाउन प्रेरित गर्ने उदेश्यले यस्तो निर्णय लिइएको श्रोतको दावी छ ।
अपडेट : उपत्यका छाड्ने छलफल मात्र भएको तर निर्णय नभएको जानकारी प्राप्त भएको छ । सरकारले उपत्यका छाड्न नदिने बताएको छ ।
यो पनि पढ्नुहोस् !
उल्टियो सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने