News Portal

  • ‘सक्छौं मिलौं, सक्दैनौं आ–आफ्नो बाटो लागौं, घाउ कल्चाइ नराखौं’

    डी.पी ढकालभक्तपुर, २० असार
    १७७८ पटक
    भक्तपुर, २० असार

    आदरणीय अध्यक्ष के.पी. शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डज्यू !

    यो पार्टी एकतामा तपाईंहरुको ठूलो हात छ । यसकोलागि तपाईंहरु धन्यवाद र बधाईका पात्र हुनुहुन्छ । पार्टी एकताको दुई वर्ष एक महिनाको अनुभव त्यति सुखद रहेन । सकेसम्म मिल्नुहोस् एकता जोगाउनुहोस् ।

    देश, पार्टी र जनताको हित यसैमा छ । रुपान्तरण सहितको एकताबद्ध नेकपा अहिलेको आवश्यकता हो जहाँ सबै नेताहरु बिच एकता कायम होस् । सबै नेता कार्यकर्ताको सम्मान होस् । देशको आर्थिक सामाजिक रुपान्तरणको नेतृत्व नेकपाले गर्न सकोस् ।

    अहिलेको जनमत पनि एकताबद्ध नेकपाका लागि हो । नेकपाकै आगामी नीति तथा कार्यदिशामा समृद्ध नेपालको सपना अडेको छ । सामान्य मजदुर, किसान, उत्पीडित वर्ग समुदायको आशा र भरोसा तपाईंहरुमाथि नै छ । एकतामा नै बल हुन्छ । बलले सुधार हुन्छ । सुधारले समृद्धि आउँछ । हामी सबैको अभिष्ट समृद्ध नेपाल नै हो । एकताबाट भाग्ने छुट कसैलाई छैन ।

    यदि यी काम गर्न पनि सकिँदैन र मिल्ति पनि हुँदैन भने आफ्नो आफ्नो बाटो हिड्नुहोस् । घ्यू बेचुवा र तरबार बेचुवाको जस्तो नेताहरुको सम्बन्ध, आफना गुटका नेता महान र बाँकी सबै नेता खत्तम भन्ने चाटुकार कार्यकर्ता र दिशा वीहिन राजनितिक कार्यदिशा बोकेको पार्टी एकै ठाउँमा बसे पनि, छुट्टिए पनि हुने भनेकाे विनास नै हो ।

    तपाईंहरुको पुस्ता नेकपाको न त पहिलो पुस्ता हो न त अन्तिम नै । यो देशमा जुन राजनैतिक परिवर्तन भएको छ त्यसमा तपाईंहरुको पुस्ताको नेतृत्वदायी भुमिका छ भलै कस्को कति त्यो अर्को पाटो हो । कसैको अलि धेरै र कसैको अलिक कम ।

    एकछिन ठण्डा दिमागले सोच्नुहोस् त ! तपाईंहरुले कस्तो देश र कस्तो पार्टी हाम्रो पुस्तालाइ छोडेर जाँदै हुनुहुन्छ । तल्लो पुस्तालाई विवेकी कार्यकर्ता बनाउँदै हुनुहुन्छ कि हनुमान ?

    तपाईंहरुलाई आलोचनात्मक चेत भएको कार्यकर्ता मन पर्दैन भन्ने कुरो आमकार्यकर्ताको बुझाई भइसकेको छ र त, कार्यकर्ता हैन हनुमान बन्न हामी प्रतिस्पर्धा गरिरहेछौं । नयाँ पुस्ता पार्टीको काम कम र नेताको काम धेरै गर्ने भइसकेका छौं ।

    सरकारमार्फत् समाजवादको जग बसाल्दै हुनुहुन्छ कि आसेपासेलाई पोस्ने र दलाल नोकरशाही पुँजीवादी अर्थतन्त्रको जग बसाल्दै हुनुहुन्छ ? आदरणीय नेता कमरेडहरु ! म फेरि पनि भन्छु सकेसम्म मिल्नुहोस्, मिल्न नसके छुट्टाछुट्टै बाटो हिड्नुहोस् । कचल्केको घाउले पीडामात्र दिन्छ । घाउ धेरै नकल्चाउनुहोस् ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...