News Portal

  • गाईजात्रा शुरु, अर्को वर्ष धुमधामले मनाउने भन्दै याे वर्ष मन बाध्न आग्रह

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २० साउन
    १३०५ पटक
    भक्तपुर, २० साउन

    आजबाट गाईजात्रा अर्थात साँःपारु शुरु भएको छ । यो कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ७ दिन मनाइने पर्व हो । यो पर्वमा वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गरी गाईजात्रा पर्व मनाइने प्रचलन रहिआएको पाइन्छ ।

    नेवार समुदायले देशका विभिन्न शहरमा गाईजात्रा मनाउँछन । गाईजात्राका अवसरमा आज नेवार समुदायकाे बाहुल्यता रहेकाे उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।भक्तपुरमा गाईजात्राको आफ्नै मौलिकता रहेको छ । भक्तपुरमा तलेजुस्थानबाट बिहानै तलेजुको गाई अर्थात ताहामचा बनाई परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि शुरु भएको छ। भक्तपुरको गाईजात्राको मुख्य आकर्षण भनेको घिन्ताङघिसी र माक प्याख नाच हो । यो हेर्न मानिसहरु लालायित रहन्छन । श्रद्धालुहरुले जात्रामा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गर्दछन ।

    मल्लकालदेखि गाइजात्रा निकाल्न शुरु गरिएको इतिहासमा उल्लेख छ । मल्लकालीन प्रसिद्ध राजा प्रताप मल्लले पुत्रशोकमा परेकी आफ्नी रानीलाई सबै मानिसले मृत्यु शोक बेहोर्नुपर्छ भन्ने देखाउन वर्षभरि निधन भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन आदेश दिएअनुसार गाईजात्रा शुरु भएको किंवदन्ती रहेको छ ।

    गाईजात्रा निकाली नगर परिक्रमा गराउँदा मृतकको आत्मा गाईको पुच्छर समाएर वैतरणी नदी पार हुन्छ र स्वर्गमा स्थान पाउँछ भन्ने धार्मिक विश्वास रहेको छ ।

    यसपाली बिश्वब्यापी महामारीकोरुपमा फैलिएको कोभिड १९ सङ्क्रमण जोखिम बढ्दै गएकाले सचेत रहन सरकारले आग्रह गरेको छ । भिडभाड नगर्न र धर्मकर्मका कार्यमा तोकिएकाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । भक्तपुर नगरपालिकाले गाईजात्रा लाई औपचारिकतामा सिमित गर्ने निर्णय गर्दै सार्वजनिक अपिल समेत गरिसकेको छ । नगरप्रमुख सुनिल प्रजापतिले संदेश मार्फत चाडपर्व अर्को वर्ष मनाउला भन्दै भनेका छन् ”कोरोना संक्रमणलाई ध्यानमा राखेर गाईजात्रा सामान्य औपचारिकतामा सीमित गर्ने निर्णयअनुसार यहाँहरूले गाईजात्रामा भिडभाड हुने घिन्ताङघिसी ननिकाल्न, परम्परागत र आधुनिक तथा सांस्कृतिक विधाहरू प्रदर्शन नगर्न तथा पञ्चदानजस्ता पर्वहरू नमनाउन सम्पूर्ण नगरबासीहरूमा हार्दिक अपिल गर्दछौं ।”

    गाईजात्रा प्रदक्षिणा मार्गमा प्रहरी र स्वयंसेवकहरुको निगरानी रहेको र भिडभाड हुन नदिने भक्तपुरकी सिडिओ हुमकला पाण्डे बताउछिन् । कोभिड १९ संक्रामक रोग भएकाले जनता आफै सचेत रहनुपर्ने प्रजिअ पाण्डेले प्रष्ट पारिन् ।”अर्को वर्ष धुमधामले मनाउँला, याे वर्ष मन बाध्न र औपचारिकतामा सिमित गर्न हामी आग्रह गर्दछाैं ।” उनले भनिन् ।

     

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...