News Portal

  • आयाे यसपालीको हाम्रो तीज इन्टरनेटमा (लिंकसहित)

    चितवन, २४ साउन
    १३८७ पटक
    चितवन, २४ साउन

    गीतकार नीलकण्ठ सुवेदीको शब्दमा ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ बाेलकाे तीजको गीत सार्वजनिक भएको छ ।कोरोना कहरमा घरमै बसेर पर्व मनाउन आग्रह गरिएकाे याे गीत नीलकण्ठ सुवेदीको शब्द,.राम कार्कीको संगीत र एलिना चौहानकाे स्वरमा सजिएकाे छ ।

    चितवनको गुन्जनगरमा स्थायी घर रही अमेरिकाको भर्जिनियामा बस्दै आएका अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वाशिङ्टन डिसि च्याप्टरका सचिव समेत रहेका गीतकार नीलकण्ठ सुवेदीले तीजको यो गीतमार्फत सकारात्मक सन्देश दिने प्रयास गरिएकाे बताए ।कोरोनाको कहरको यो समयमा गीतले घरमै बस्न र  इन्टरनेटमा रमाइलाे गर्न प्रेरित गर्ने उनकाे विश्वास छ । गीतमा इन्टरनेटमार्फत् साथी-संगीसँग तीज मनाउन आग्रह गरिएको छ ।

    सुवेदीका अघिल्लो वर्षका तीजका गीतहरूमा माइत जाने, दर खाने नाच्ने, दिदी बहिनी लिन जाने लगायतका विषय रहेका थिए । ओएस्आर डिजिटल च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा सुरेश थापाले भिडियो निर्देशन गरेका छन् । गीतको भिडियोमा सुरेश थापा, अनिता दंगाल, गणेश आमी लगायतको अभिनय रहेको छ ।

    ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ गीत तलकाे लिंकमा सुन्न र हेर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...