भक्तपुर, २० असोज । संचारकर्मी रघुनाथ सापकोटाले फिल्म निर्माण गर्ने भएको छ । अभिनयका लागि उनले अभिनेता नाजिरसँग सम्झौता गरेका छन् ।
कथामा सुहाउने भएका कारण नाजिरलाई मुख्य अभिनेतामा अनुबन्ध गरेको निर्माता सापकोटाले बताएका छन् । नाजिरले पनि कथा मन परेकोले अभिनयका लागि आफु राजी भएको बताए ।
आउँदो फागुनबाट छायांकनमा निस्कने बताइएको फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुने फिल्मको काठमाडौं र उपत्यका बाहिरका केही स्थानमा छायाँकन हुनेछ ।
सरकारले फिल्म क्षेत्रमा लगाएको प्रतिबन्ध यथावत छदैछ । तर फिल्मकर्मीहरु सरकारले फिल्म क्षेत्रको प्रतिबन्ध छिट्टै हटाउने आशमा फिल्म निर्माणको धमाधम घोषणा गरिरहेका छन् ।