News Portal

  • कोरोना संक्रमण बढ्दै जाँदा आयुर्वेदिक औषधि किन्‍ने ह्‍वात्तै बढे

    ६३६ पटक

    काठमाडौं, २७ असोज । उपत्यकामा कोरोना भाइरस सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ ।

    सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा. वंशदीप शर्मा खरेलले आयुर्वेदमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भनी व्याख्या गरिएका संस्कृत भाषामा अमृता भनिने गुर्जाेबाट बनेको गुडुचो चिया स्क्वास, तुलसी चिया, जेठीमधु चूर्ण, शुद्ध अमलाबाट बनाएका आमालकी चूर्ण, रस्वगन्धा चूर्णलगायत जडीबुटीबाट बनेका उत्पादनको माग विगत वर्षभन्दा चार गुणासम्म बढेको बताए ।

    उनले भने, विसं २०७६ चैतअघि तुलसी चियाको खपत वार्षिकरुपमा सरदर सात हजार २३१ पोका हुन्थ्यो, यस वर्ष सात महिनामै १३ हजार ६५७ पोका बिक्री भइसकेको छ, माग बढिरहेकाले अरु बनिरहेको छ, यसवर्ष पहिलोपटक बनाइएको गुर्जोको चिया गुडुची सात हजार ३४७ पोका बजारमा गइसकेको छ ।

    समितिबाट गत वर्ष अश्वगन्धा ८१८ पोकामात्र बिक्री भएको थियो । यस वर्ष छ हजार ३८८ पोका गइसकेको छ । यसैगरी यस वर्ष माग भएर नयाँ बनाइएको ज्येष्ठवासादि चूर्ण चार हजार २०२ पोका बिक्री भइसकेको छ ।

    गत वर्ष भण्डार रहेको बिक्री भइरहेको जेठीमधु चूर्ण पनि यस वर्ष दुई हजार २७१ पोका बिक्री भइसकेको छ । कात्तिक लागेसँगै समितिले रोगप्रतिरोधी क्षमता बढाउने च्यवनप्रास पनि बनाउने तयारी गरेको छ ।

    मागअनुसार पूर्ति गर्न धौधौ भए पनि अहिलेसम्म समितिले बजारमा आवश्यकताअनुसार पूरा गर्न सफल भएको छ । कोरोना भाइरसको फैलावटसँगै गुर्जोका बिरुवा लगाउने बढे पनि अमलालाई भने बिर्सन थालिएकाले यसतर्फ पनि अभियानकर्मीको ध्यान जानुपर्ने प्रबन्ध निर्देशक खरेल बताउँछन् ।

    गुर्जाेसँगै अमला पनि लगाउनुपर्छ, अमलालाई बिर्सनुभएन, गुर्जाेसँगै अमला पनि आम्दानीको स्रोत बन्छ, अमला र गुर्जाे पनि भयो भने रोग प्रतिरोधी क्षमता बढाउँछ, गुर्जाे जुन बिरुवामा जान्छ, त्यसैको गुण लिने भएकाले गुर्जाे र अमलासँगै लगाउनुपर्छ, उनले भने ।

    उपत्यकामा बाग्मतीलगायत नदी किनार, गोकर्ण लगायत स्थानमा धेरै सङ्ख्यामा गुर्जाे रोपिए पनि अमला नरोपिनु उत्पादनका दृष्टिले समेत ठीक हुँदैन । व्यावसायिक रुपमा अमला खेती गरे समितिले सबै किनिदिने प्रतिबद्धता जनाएको छ ।

    समितिले गुर्जाेको चिया कोभिडपछि बनाएको हो । विगत वर्षमा अमलाबाट बनेका परिकारको माग पनि कम थियो । गुर्जाे, अमलालगायत जडीबुटीबाट बनेका परिकार अनुसन्धानबाट प्रमाणित नभएसम्म कोरोनाकै औषधि भन्न नसकिए पनि रोग प्रतिरोधी क्षमता बढाउने उत्पादनका रुपमा उपयोग गर्नेको सङ्ख्या बढ्न थालेको छ ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जडीबुटीबाट बनेका विभिन्न परिकारले कोरोना नियन्त्रणमा कति सहयोग पु‍¥याउँछ भनी अनुसन्धान शुरु गरेको छ । परिषद्का प्रवक्ता मेघनाथ धिमाल अनुसन्धानका लागि तालिम सकी अरु काम अघि बढेको बताउँछन् ।

    केन्द्रका सबै सङ्क्रमित निको भए
    राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आइसोलेसनमा राखिएका करिब ७०० कोरोना सङ्क्रमित ठीक भएर घर फर्किएका छन् । केन्द्रमा ल्याइएको कोरोना सङ्क्रमितमध्ये हालसम्म कसैको पनि निधन नभएको कार्यकारी निर्देशक राम आधार यादवले जानकारी दिए ।

    केन्द्रमा राखिएका सङ्क्रमितलाई बिहान योग, प्राणायामलगायत व्यायाम गराइन्छ । तिनलाई रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधि खुवाइन्छ । यहाँ आवश्यक परेको अवस्थामा अक्सिजनको व्यवस्था पनि गरिएको छ । केन्द्रमा २०० जना सङ्क्रमित राख्न सक्ने क्षमता छ ।

    आयुर्वेद चिकित्सकका रुपमा करिब ४० वर्ष सेवा गर्नुभएका डा. शेषराज आचार्य रुघाकै प्रकृतिको रोग भएकाले सम्पर्कबाट सर्ने भएकाले यस्ता रोगमा आयुर्वेद प्रभावकारी हुने बताउँछन् । रोग प्रतिरोधी क्षमता भएकामा यसले धेरै असर गर्दैन । सङ्क्रमण भएमा सितोपलादि चूर्ण १०० ग्राम, गोदन्दी भष्म १० ग्राम, अभ्रक भष्म १० ग्राम, गुर्जाेको धुलो (गिलोय सत्व) ५० ग्राम मिसाएर बिहान, दिउँसो र बेलुका मन तातो पानीसँग खाएमा ठीक हुने उनले बताए ।

    आयुर्वेद चिया ‘इम्युन टी’ सेवन गर्ने, सामान्य व्यायाम गर्ने, पानीको बाफ लिने गर्नाले निको हुने उनले बताए । कोरोनाका क्रममा १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आएमा महामृत्युञ्जय वा त्रिसुन बटी नामको दुई गोली मन तातो पानीमा घोलेर खाएमा निको हुने हाल पनि चाबहिलमा शेष आयुर्वेद क्लिनिक चलाइरहनुभएका आयुर्वेद विभागका पूर्व महानिर्देशक आचार्यले जानकारी दिए ।

    गुर्जाेको निःशुल्क वितरण तीव्र
    राजधानीमा कोरोनाको फैलावटसँगै गुर्जाेको बिरुवा, धुलो र चिया निःशुल्क वितरण गर्ने अभियान पनि तीव्र भएको छ । सशस्त्र प्रहरी बल सिनामंगलमा २०० बिरुवाका साथै चिया र औषधिको धुलो प्याकेट वितरण गरिएको गुर्जाे अभियानकर्मी एवं आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कमलबहादुर राजलवटले जानकारी दिए ।

    पतञ्जलि योग समितिको आयोजनामा काँडाघारी क्षेत्रका स्थानीयवासीलाई ५००, ललितपुर महानगरपालिका–२५ भैँसेपाटी ६००, नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय २००, भक्तपुर क्यान्सर अस्पताल ४००, चन्द्रागिरि नगरपालिकालाई २००, महानगरीय प्रहरी वृत्त थानकोट २०० बिरुवा हस्तान्तरण गरिएको छ ।

    गुर्जोको बिरुवा वितरण गरिएका सबै स्थानमा गुर्जोलगायत जडीबुटीबाट बनेको चिया खुवाउने, चिया तथा धुलो औषधि वितरणसमेत गरिएको छ । वितरण गरिएका स्थानामा कोरोना देखिएका परिवारलाई गुर्जोको विशेष प्याकेटको व्यवस्था गरिएको छ । त्रिभुवन पार्कमा गुर्जाे लगाउनसमेत निःशुल्क वितरण अभियानले सहयोग गर्ने भएको छ ।

    यसैगरी ललितपूर महानगरपालिका–१० को ज्वागलस्थित बराह टोल सुधार समितिलाई २००, बूढानीलकण्ठ नगरपालिकाको वडा नं १० र ११ मा २००, टोखा नगरपालिकालाई ६०० बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले बताए ।

    गुर्जाेबाट बनेको सबै रोगमा उपयोगी हुने धुलो औषधि पनि बिरुवासँगै वितरण गरिएको छ । टोखा नगरपालिकामा मनमोहन मेमोरियल अस्पतालका विभागीय प्रमुख डा. श्यामेन्द्रबहादुर सिंहलाई समेत बिरुवा र गुर्जाेबाट बनेका औषधि वितरण गरिएको थियो । मेडिकल डाक्टर पनि गुर्जोको चिया तथा धुलो औषधिको नियमित सेवनकर्ता रहेको अभियानकर्मी राजलवटले बताए । रासस

    प्रतिकृया दिनुहोस्

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...

    नवलपरासीमा गाडिएको अवस्थामा बम भेटिए

    पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको सर्दीमा शनिवार बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी...

    माओवादी समाजवादीको एकता हल्ला मात्रै : बुढाथोकी

    नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ ले आफ्नो पार्टीको कसैसँग एकता नभएको बताएका छन्...

    Nepal Eco Panel has emerged as the best option for constructing school buildings

    Nepal Eco Panel has emerged as the best option for constructing school buildings quickly and...