News Portal

  • सुशान्त सिंह राजपूत मामिलामा सिबिआई अनुसन्धान पूरा, षड्यन्त्रको कुनै प्रमाण भेटिएन

    १४३७ पटक

    एजेन्सी । सुशान्त सिंह राजपूत प्रकरणको अनुसन्धान सिबिआईले पूरा गरेको छ । सिबिआईले अहिलेसम्म सुशान्तको मृत्युमा कसैको पनि षड्यन्त्र नभेटेको जानकारी दिएको छ । स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले सिबिआईको अनुसन्धान अब पूरा भइसकेको र उनीहरुले चाँडै नै आफ्नो रिपोर्ट अदालतमा पेश गर्ने जानकारी दिएको छ ।

    जानकारीका अनुसार सिबिआईले अक्टोबर ८ मा सुशान्तका भिनाजु र फरिदाबादका कमिश्नर ओपी सिंह र सुशान्तकी दिदी नीतूसँग दिउँसो सोधपुछ गरेको थियो । यो सोधपुछपछि सिबिआईको अनुसन्धान पूरा भएको हो ।

    सिबिआईले आफ्नो अनुसन्धनमा पत्ता लागेका सबै परिस्थितीजन्य साक्षीको आधारमा रियालाई आरोपी बनाउने नबनाउने निर्णय अदालतमाथि नै छोड्ने अनुमान गरिएको छ ।

    यता भाजपाका राज्यसभा सांसद सुब्रमण्यम स्वामीले सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा भइरहेको अनुसन्धानसँग सम्बन्धित एम्सको रिपोर्टबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी नदिइएको दाबी गरेका छन् ।

    स्वामीले प्रश्न सोधेका छन्, ‘के एम्सको समूहले सुशान्तको शवको पोस्टमार्टम गरेको थियो वा कूपर अस्पतालका डाक्टरको पोस्टमार्टम रिपोर्टबाटै आफ्नो धारणा बनायो ? के एम्सको टीमले प्रमाण नष्ट गरेकोमा अनुसन्धान गरे ? के मृत्युको कारणमाथि एक निश्चित धारणा बनाउनका लागि फरेन्सिक मेडिकलको दृष्टिकोणले सामग्री अपर्याप्त थिए ? के स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले यो मामिलालाई मेडिकल बोर्डमा पठाउने विचार गर्नेछ ?’

    स्मरण रहोस्, केही दिन अघि एम्सको प्यानलले सुशान्तको हत्याको आशंकालाई खारेज गर्दै यसलाई आत्महत्या बताइसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...