झापा, १२ कार्तिक । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
उनले मंगलबार पिसीआर रिपोर्ट पोजेटिभ आएको बताए। उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैंमा झापाको मेचीनगरस्थित घर आएका थिए ।
पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउनेजस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि संक्रमण पुष्टि भएको छ ।