News Portal

  • खुल्यो फिल्म हल

    भक्तपुरपोस्ट संवाददाता
    २६८६ पटक

    काठमाडौं, १० पुस । कोरोना महामारीका कारण करिव ९ महिनादेखि बन्द रहेको फिल्म हल शुक्रबारबाट सञ्चालनमा आएका छन् । सरकारले हल खोल्ने अनुमति नदिए पनि हल व्यवसायीहरु आफैंले एकतर्फी निर्णय गर्दै हल खोलेका हुन् । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्दै तत्काललाई ५० प्रतिशत मात्र दर्शक राख्ने गरेर हल खोलिएको नेपाल चलचित्र संघले जनाएको छ ।

    शुक्रवारबाट सिंगल र मल्टीप्लेक्स दुवै हलहरु खोलिएको छ । आजबाट देशभरका हल सञ्चालनमा आएको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताए ।

    हल सञ्चालनमा आएपनि रिलिज भने नयाँ फिल्म भएको छैन । कोरोनाका कारण प्रदर्शनकै क्रममा रोकिएका दुई फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ ले पुनः प्रदर्शनको अवसर पाएका छन् । यी दुई फिल्मका अलवा हलिउड फिल्म ‘ब्लडसट’ र ‘दि इनभिजिबल म्यान’ समेत प्रदर्शनमा आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...