News Portal

  • शिशु स्वास्थ्य प्रति सचेत हुँदै ग्रामीण महिला

    रासस
    ११७० पटक

    काठमाडौं, १२ पुस । डडेल्धुराका ग्रामीण भेगका महिला अहिले आफ्नो र शिशुको सचेत हुँदै गएका छन् । नवदुर्गा–४ की डम्बरी कैनी अहिले आफ्नो स्वास्थ्य र शिशुको स्वास्थ्यप्रति सचेत बनेकि छिन ।

    सामान्यतया खाना खुवाएपछि घरको चुलोचौका सम्हाल्ने उनी अहिले बच्चालाई पोषणयुक्त खानेकुरा खुवाउनुपर्ने जानकारी पाएपछि सचेत बनेकि हुन । “बहुक्षेत्रीय पोषण कार्यक्रमले सचेतना दिएपछि आफूहरु सधैँ स्वास्थ्यप्रति सचेत छौँ”, उनले अगाडि भनिन, “अचेल घरको कामभन्दा आफ्ना दुधे बालकको स्वास्थ्यमा बढी ध्यान दिन्छौँ ।”

    घरपरिवारले पनि गाह्रो काम नगर, शिशुलाई दूध खुवाउनू भन्न थालेपछि उनी निकै खुशी छिन । “हामीलाई यस्ता कुरा थाहा थिएन, जानेको र सुनेको मात्र गथ्र्यौं”, उनले भनिन, “अहिले थाहा पाएपछि शिशुको स्वास्थ्य राम्रो हुने भएकाले धेरै समय बच्चालाई दिने गरेको छु ।”

    पेट भर्नका लागि बालबालिकालाई बिस्कुट र चाउचाउ खुवाउने जिल्लाभरीका आमा अहिले सचेत बनेका छन् । बहुक्षेत्रीय पोषण कार्यक्रमको सहयोगमा कार्यक्रम सञ्चालन भएपछि बालबालिकालाई अत्यावश्यकरुपमा पोषिलो खानेकुरा खुवाउनुपर्ने जानकारी पाएको अमरगढी–७ का जानकी ताम्राकारले बताइन । “हामी निकै सचेत हुँदै गएका छौं, बहुक्षेत्रीय पोषण कार्यक्रमको सहयोगले अहिले घर आँगनमै लगाइएको तरकारी र अन्नका गेडागुडी र पोषिलो खाने कुरा आफू र बच्चालाई खुवाउने गरेको छौँ”, उनले भनिन ।

    आमा र बच्चाको पोषणस्थिति सुधार्न सञ्चालित कार्यक्रमअन्तर्गत ‘हरेक वार चार खाना’ को अवधारणा ल्याइएको अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले बताए ।

    बच्चाको खानामा हरेक बार पहेँलो फलफूल, अन्न, गेडागुडी, हरियो सागपात तथा पशुजन्य खाना खुवाउनुपर्ने कुरालाई कार्यक्रमले सिकाउँदै आएको छ ।

    अमरगढी–१ का यशोदा टमटा भन्छिन, “बालबालिकाको पोषणका लागि सचेत रहन र व्यवहारमा लागू गर्न सिकाएपछि आफूले बच्चालाई हरेक बार चार तत्व मिश्रित खाना खुवाउने गरेकी छु ।”
    बच्चा दुई वर्षको नहुञ्जेल पोषणयुक्त खानामा जोड दिनुपर्ने र यो अवधिमा बालबालिकामा ८० प्रतिशत शारीरिक, मानसिक र बौद्धिक विकास हुने बताएपछि आमा सचेत बनेका छन् ।

    अझै पूर्णरुपमा व्यवहार परिवर्तन हुन नसकेको अमरगढी स्वास्थ्य शाखा प्रमुख विष्टले बताए। “आमाहरु आफ्नो र बालबच्चाको स्वास्थ्यप्रति ख्याल गर्नेसम्मको परिवर्तन भएको छ, अझै धेरै गर्न बाँकी छ उनले भने, “व्यवहार परिवर्तन भन्ने कुरो धेरै कठिन छ । अहिले बच्चालाई स्तनपान र पोषिलो खाने कुरा खुवाउनुपर्छ भन्ने सचेतना आएको छ । ”

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...