News Portal

  • प्राचीन शैलीमा चरिघ्याङ गुम्बा पुनर्निर्माण

    रासस
    १८१२ पटक

    दोलखा, २० पुस । दोलखाको भीमेश्वर नगरपालिका–३ चरिकोटस्थित चरिघ्याङमा रहेको ऐतिहासिक चरिघ्याङ गुम्बाको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पले ध्वस्त बनेको गुम्बा पाँच वर्षपछि प्राचीन शैलिमा नै पुनर्निर्माण सम्पन्न भएको हो ।

    विसं २०७५ मङ्सिरदेखि निर्माण शुरु गरिएको गुम्बा प्राचीन शैलीमा चुना सुर्किको प्रयोग गरी बुट्टेदार काठको प्रयोग गरी पुरानै शैलीमा निर्माण गरिएको छ । बौद्ध धर्मलम्बीको आस्थाका रुपमा पुजिने र पर्यटकीय रुपमा समेत आकर्षण रहेको ऐतिहासिक घरिघ्याङ गुम्बा भूकम्पले ढलेपश्चात पुरातत्व विभागको सहयोगमा पुनर्निर्माण गरिएको हो ।

    पुरातत्व विभागको करिब दुई करोड ७८ लाख रकममा सिएम तुलसी कष्ट्रक्सन जेभिले गुम्बाको पुनर्निर्माण गरेको हो । दुई वर्षभित्र गुम्बाको पुनर्निर्माण सम्पन्न गर्नेगरी सिएम तुलसी कष्ट्रक्सन जेभिले गुम्बा निर्माणको काम जिम्मा लिएको थियो । ऐतिहासिक गुम्बा बलियो बनाउनका लागि चुना सुकिको प्रयोग गरी सालको काठमा कलात्मक झ्याल ढोकाको प्रयोग गरी आकर्षक रुपमा निर्माण गरिएको छ ।

    गुम्बामा साना तथा ठूला गरी करिब डेढदर्जन भन्दा बढी बुद्धको मूर्ति छन् । भूकम्पले गुम्बा ढलेपछि मूर्ति तथा महत्वपूर्ण सामग्री टहरामा राखिएको थियो । टहरामा राखिएका मूर्ति चोरी हुने र चिसोका कारण बिग्रिने चिन्तामा रहेका स्थानीयवासी समयमा नै गुम्बाको पुनर्निर्माण भएपछि खुशी भएका छन् । गुम्बालाई विसं १६५८ मा तत्कालीन राजाले लालमोहर प्रदान गरेको र विसं १८१८ फागुन ९ गते पृथ्वीनारायण शाहले प्राचीन गुम्बाको सूचीमा सूचीकृत गर्न लगाएको इतिहास रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...