News Portal

  • आज २५६५औँ बुद्ध जयन्ती

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर १२ जेठ २०७८,बुधबार
    १९७२ पटक
    भक्तपुर १२ जेठ २०७८,बुधबार

    आज २५६५औँ बुद्ध जयन्ती परेको छ । वैशाख पूर्णिमा, चण्डि पूर्णिमा, स्वाँया पुन्हि भनी यस दिन बुद्ध जयन्ती मनाइने चलन छ । नेपालमा थेरावाद, महायान र वज्रयान सम्प्रदायका मानिसहरूले प्रत्येक वर्षको वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती मनाउँदै आइरहेका छन् ।

    कोरोना भाइरसको नयाँ रुपले फेरि देशमा ठुलो क्षति गराएकाले यो वर्ष बुद्धलाई स्मरण गरी केवल पूजापाठ तथा दीप प्रज्वलन गरी औपचारिकतासा सीमित गरी मनाइएको छ । गत वर्ष पनि कोरोना महामारीकै कारण बुद्ध जयन्ती पूजापाठमा मात्र सीमित भएको थियो ।

    बौद्ध सम्प्रदायका अनुयायीहरूको जीवन पद्धतिको रूपमा चलिआएको गतिविधिमा गत वर्षदेखि विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले असर पारेको हो । परिस्थितिअनुसार बुद्ध जयन्तीलाई आन्तरिकरूपमा स्वास्थ्यलाई ध्यानमा राखी मनाउन आग्रह गरिएको छ ।

    नेपाल सहित भुटान, थाइल्यान्ड, म्यानमार, मङ्गोलिया, कम्बोडिया, श्रीलङ्का, लाओस्, कोरिया, जापान, चीनलगायतका देशमा बुद्ध जयन्ती मनाउने परम्परा छ । गौतम बुद्धको २५६५ वर्षअघि हालको लुम्बिनीमा जन्म भएको थियो।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...