News Portal

  • माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

    भक्तपुरपोष्ट संवाददाता७ साउन २०७८
    ५०८ पटक
    ७ साउन २०७८

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो अध्यक्ष बनाउन आफू तयार हुँदा पनि वरिष्ठ नेता माधवकुमार नेपाल सहमतिमा नआएको बताएका छन् ।

     

    पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गरेका ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो भएको बताए । ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ’ उनले भने, ‘१० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु ।’

    पार्टीमा एकता कायम भए सबै संरचनाहरु २०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने समेत उनले बताए । नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग राखेको र आफूले कार्यदलका सदस्यहरुलाई त्यसका लागि तयार छु भनेको उनले सुनाए ।

    ‘मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु’ ओलीले भने, ‘यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बहाना खोजिएको छ । केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन् ।एक केन्द्रीय सदस्यका अनुसार ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु अनैतिक, अराजनीतिक र आपराधिक कार्य भएको बताएका छन् । उनले अघि भने, ‘तै पनि मैले फिंजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथ्यै छु । एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन ।’

    २७ असारमा एमाले एकताका लागि १०बुँदे सहमति जुटाएको तत्कालीन कार्यदलका नेताहरुका अनुसार त्यसबेला पनि औपचारिक र अनौपचारिक माध्यमबाट नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउने सकिने प्रस्ताव नेता नेपालसम्म पुगेको थियो । तर त्यसबारे थप को कुनै विश्वसनीय आधार थिएन । सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा रहेको एमाले सांसदहरुको हस्ताक्षर फिर्ता गराउन मात्र यस्तो भनिएको हुनसक्ने वरिष्ठ नेता नेपालको विश्लेषण थियो ।

     

    २८ असारमा सर्वोच्चले संसद पुनर्स्थापना मात्र गरेन, एमालेका २३ सहित १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो । ३ साउनमा नेता नेपालसहित एमालेका २२ सांसदले फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिए ।

     

    त्यही प्रकरणलाई लिएर ओलीले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन्, जसमा फ्लोर क्रसबारे केही बोलिएको छैन । तर पार्टीभित्र गुटबन्दी गरिएको, विपक्षी गठबन्धनलाई सघाएको जस्ता आरोप छ ।

     

    नेपाल समूहले भने पार्टी एकताको प्रयासमा भाँजो हाल्ने गरी स्पष्टीकरण सोधिएको बताएको छ । साथै माधव नेपालसहित फ्लोर क्रस गर्ने सांसदहरुविरुद्ध भइरहेको नाराबाजी रोक्न र एकताका लागि गम्भीर पहल गर्न आग्रह गरेको छ ।साथै दोस्रो अध्यक्ष दिने प्रस्तावमा अध्यक्ष ओली टिकिरहने हो भने छलफल हुनसक्ने नेपाल समूहका नेताहरुले बताएका छन् । तर ओली पक्षका कतिपय नेताहरुले भने यो सर्वोच्च अदालतको फैसला पूर्वको अवस्था भनिएको भन्दै अहिले त्यसमा नअड्ने संकेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...