News Portal

  • माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

    भक्तपुरपोष्ट संवाददाता१९ साउन २०७८
    ६८५ पटक
    १९ साउन २०७८

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका छन्।

    आज बिहान उनीहरूबीच कोटेश्वरमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ। उनीहरू कोटेश्वर खरिबोटस्थित नेपालनिकट नेता पार्वती थापाको घरमा भेटवार्ता भएको हो।

    अध्यक्ष प्रचण्ड र नेता नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ। उनीहरूले आज बिहान करिब एक घन्टा कुराकानी गरेका थिए।

    गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम ल्याउने र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेका बेला प्रचण्डले नेता नेपाललाई भेटेका छन्।

    सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा नेता नेपाल उपस्थित थिएनन्। नेता नेपालसहित एमालेका २२ सांसदले गत साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। नेपाल पक्ष सरकारमा जाने वा नजाने यकिन भइसकेको छैन।

    यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच आज भेटवार्ता हुने सम्भावना पनि छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...