News Portal

  • आज भूत पन्छाउने पर्व मनाइदै

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट भक्तपुर, २२ साउन
    १३९४ पटक
    भक्तपुर, २२ साउन

    प्रत्येक बर्ष काठमाडौँ उपत्यका लगायत विभिन्न स्थानमा मनाइने पर्व  ‘गथा मुग: ”  घण्टाकर्णलाई भूत पन्छाउने पर्व, कृषि कर्म सकी मनाइने सिनाज्या, तन्त्रविद्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ ।

    श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले आफ्नो टोलको दोबाटो र चौबाटोमा नर्कट/ परालको त्रिपद ठड्याइ सम्बर भैरवको प्रतिक मानी यो पर्व मनाउने गरिन्छ ।

    बिहानैबाट ठड्याइएका नर्कटका त्रिपदमा घण्टाकर्णको चित्र सजाई कुमार, गणेश आदि इत्यादि देवीदेवताको पूजा गर्दै साँझ एक व्यक्तिलाई घण्टाकर्ण गथा मुग: को रुपमा विधि पुर्याई सोहि नर्कतबाट निर्मित त्रिपदमा बसाली नजिकैको खोलामा लागि बिसर्जन गर्ने गरिन्छ ।

    गथामुग घण्टा कर्णको बारेमा अनेकौ आख्यान मध्ये कुनै समयमा मानिसको संख्या निकै कम रहेको बेला खेतीको समयमा अन्नबाली उब्जाउन नसकेर अनिकाल लाग्ने डर थियो । त्यसै कारण तन्त्रबिध्याको माध्यमबाट मानिस भन्दा बलवान भूतलाई तन्त्रविद्याबाट बसमा राखी सम्पूर्ण खेतीको काम गराइन्थ्यो । नियनत्रित बलशाली भुतबाट निकै भय रहेता पनि ख्वाई पिलाई गरि खनजोत ,रोपाई अफ्ठ्यारा कृषि काम सकी सधै भरि पाल्न नसकिने हुदा बन्धन मुक्त गर्नका लागि भुतात्मामा विधिपुर्याई बाहिर पन्छाउने पर्व नै गथामुग घण्टा कर्ण पर्व हो ।
    साथै यस दिनमा नेवार समुदायमा तन्त्र बिद्या सिद्द गर्ने दिनका रुपमा पनि लिइन्छ । बर्ष भरिमा यो दिन तान्त्रिक बिद्या सिक्न उपयुक्त दिन हुने भएका कारण पर्वको मध्ये रातमा पिठ पिठमा कुबिध्या साधना गरिने भनाइ रही आएको छ । यसरी सिकेका कुबिध्याले कुप्रभाव नपारोस भन्नका लागि घरका मूल ढोकासहितमा फलामका त्रिकोणात्मक किला ठोकी पञ्च धातु पहिरिने प्रचलन रहेको छ ।
    साथै काठमाडौँ नेवा: समुदायका टोल दोबाट चौबाटामा ठड्याइएका नर्कटको तथा थिमी, भक्तपुर लगायत स्थानमा परालबाट बनाइएका त्रिपद गाथामुग घण्टा कर्णमा ससाना नानीका कपडाका टुक्राबाट पुतली बनाई झुन्ड्याइनाले विभिन्न रोगबाट मुक्तहुने जनविश्वास रही आएको छ ।
    यो बर्ष कोरना महामारीका कारण कतिपय स्थानमा औपचारिकता भित्र सिमित राखिने गरि यो पर्व मानिने भएको छ, भने कतै कतै स्वाथ्य सुरक्षा सावधानीका साथ धेरै भिड नगरी छोट्याईने भएको छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...