News Portal

  • इन्द्रजात्रा मनाउन गुठि/समुदायसंग समन्वयकारी भूमिका रहन्छ- एसएसपी सिंह

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट काठमाडौं, २९ भदौ २०७८
    १००२ पटक
    काठमाडौं, २९ भदौ २०७८

    ऐतिहासिक राष्ट्रिय पर्व ‘इन्द्र जात्रा’ नजिकिदै गर्दा यस पटकको यो जात्रा कसरी सम्पन्न गर्ने भन्ने चासो बढेको छ। अघिल्लो बर्ष कोभिडका कारण प्रभावित जात्रा संक्रमणको जोखिम कायमै रहेकाले कसरी सम्पन्न गर्ने भन्ने चासो बढेको हो ।

    असोज ३ गतेबाट सुरुहुने जात्रा सुरक्षित तरिकामा मनाउने बारे जात्रा संग सम्वन्धित बिभिन्न गुठि , समाजका प्रतिनिधि र प्रहरी प्रशासनबीच छलफल भएको छ। यसैबीच वरिष्ट प्रहरी उपरिक्षक तथा महानगरीय प्रहरी परिसरका प्रमुख अशोक सिंहले यस बर्षको इन्द्रजात्रा समुदायसंग समन्वय गरि शान्ति सुरक्षाको प्रत्याभूत हुने गरि ब्यवस्थित ढंगबाट मनाउन प्रहरी प्रसाशनको भूमिका सहयोगी हुने प्रतिवद्धता प्रकट गरेका छन् ।

    इन्द्रजात्रा ब्यबस्थापन समिति र महानगरीय प्रहरी वृत्त जनसेवाको संयुक्त आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक सिंहले संसारभर नेपाली मौलिक परम्पराको परिचय दिने भएकोले इन्द्रजात्रा सभ्य ,सुरक्षित तरिकाले मनाउनमा मुख्य भूमिका समुदायको रहने स्पष्ट पारे । पर्व मनाउदा विगतमा हुनेगरेको कमि कमजोरीलाइ छलफलको मध्यम बाट सुधार गरिने र महामारीलाइ मध्य नजर गर्दै नागरिकलाई सुरक्षित बनाउन प्रहरीले समन्वयात्मक भूमिका निर्वाह गर्ने उनले जानकारी दिए ।
    यसैगरी जनसेवा वृत्त प्रमुख दानबहादुर मल्लले जात्रा आवद्द गुठि , समाजका प्रतिनिधिलाई जात्रा अवधि भरि प्रहरी / समुदाय बीच समन्वयकारी भूमिका खेल्न आग्रह गरे ।

    काठमाडौँ महानगर पालिका २२ वडा अध्यक्ष चिनिकाजी महर्जनले मौलिक जात्रा पर्व मनाउन समाज आफै सचेत हुनु जरुरी रहेको बताए । सबै जिल्लाका मानिसको कर्मथलो काठमाडौँ भएको हुनाले उपत्यकामा हुने मौलिक पर्वको बारेमा उनीहरुलाई पनि जानकारी गराउदा सहज र सुरक्षित ढंगबाट जात्रा सम्पन्न गर्न सक्ने उनको भनाइ छ ।

    जनसेवा सामुदायिकका उपाध्यक्ष पबित्र बज्राचार्यले जात्रा पर्व मनइनु अगाडी कुन कुन स्थानमा सडक अवरुद्द हुने हो भन्ने सबैमा पूर्व जानकारी भए जात्रामा ब्यावधान उत्पन्न नहुने विचार ब्यक्त गरे ।

    कार्यक्रममा बिभिन्न गुठि ,समाजका प्रतिनिधिले बिगतमा ट्राफिक ब्यबस्थापन ब्यबस्थित कमजोर हुने गरेका कारण जात्रामा धेरै अनावश्यक भिड तथा ब्यावधान हुने गरेकोले यस पटकको पर्वमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने सुझाए दिए ।
    कार्यक्रममा बिभिन्न वडाका अध्क्षय ,सुरक्षा निकायका प्रतिनिधि , गुठिका प्रतिनिधिहरु सहभागी थिए।

    भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...