News Portal

  • पाप पखाल्ने इन्द्रदह

    बुद्ध शरण शाही/ भक्तपुर पोस्ट भक्तपुर, ४ असोज
    १२२४ पटक
    भक्तपुर, ४ असोज

    नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात् पोखरी मिलाएर नामांकरण भएको ‘येँकिँ दह’ लाई इन्द्रदहको नामले चिनिन्छ । भाद्र शुक्ल चतुर्दशी (इन्द्रजात्रा) का दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजनले भोलिपल्ट बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन छ । भनिन्छ – सत्य युगमा इन्द्रकी आमाले नेपालमा स्वच्छ हावा , प्रयाप्त वर्षा , एवं खेतीपाती योज्य कुहिरोको प्रवन्ध गरिदिने बाचा गरेपछि फूल चोरेको आरोपमा बाँधिएका देवराज इन्द्रलाई छाड्न गाडिएको किल्ला उखेल्दा खाल्डो भएको ठाँउ दह बनेको आख्यान छ। काठमाडौँ बाट ७ किमिको दुरीमा अवस्थीत यो स्थान समुद्र सतहबाट १८८१ मिटर उचाइमा छ । यो डाँडालाइ ‘स्वर्ग स्वपान’ अर्थात् स्वर्ग जाने भर्याङका रुपमा समेत वर्णन गरिएको छ ।                                                                                                                                              चतुर्दशीका दिन दिउँसो हनुमानढोकामा इन्द्रजात्रा हेरेर बेलुकी इन्द्रदहमा पुगी वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रका नाममा बत्ती बाल्ने गरिन्छ। चन्द्रागिरि नगरस्थित यस स्थलमा बत्ती बालेर स्नान गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक जनविश्वास छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...