News Portal

  • भक्तपुरका भँडेल बने भौतिक पूर्वाधारमन्त्री

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ कात्तिक २०७८
    २११९ पटक
    भक्तपुर, ११ कात्तिक २०७८

    भक्तपुर क्षेत्र नम्बर १(क)का प्रदेश सांसद कृष्णलाल भँडेल बागमती प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारमा भँडेल भौतिक पूर्वाधार विकास मन्त्री भएका हुन् ।

    सांसद हरिशरण लामिछानेको असमायिक निधनपछि रिक्त पदपूर्तीका लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेस भक्तपुरका नेता भँडेल बाम गठबन्धनका उम्मेदवार डिपी ढकाललाई पराजित गरी सांसद बन्न सफल भएका थिए । बाम गठबन्धनमा आएको विभाजनले अन्तत: भँडेलको मन्त्री बन्ने भाग्य खुलेको हो । भँडेल बागमती प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका उपनेता समेत हुन् । उनको नियुक्तिसंगै नेपाली काँग्रेस भक्तपुरमा खुशीयाली छाएको छ ।

    विहिवार प्रदेश प्रमुख यादवचन्द्र शर्माले भँडेलसहित नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका छन् । शुरुमा बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका थिए। पाण्डेको मन्त्रीमण्डल तीन सदस्यीय बनेको छ । जसमा कृष्णप्रसाद खनाल आन्तरिक मामिला, भँडेल भौतिक पूर्वाधार र कुमारी मोक्तान सामाजिक विकास मन्त्री रहेका छन्।

    अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नेकपा (एकीकृत समाजवादी)राजेन्द्र पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । पाण्डेले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का १/१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

    यो पनि

    ढल्यो भक्तपुरको कम्युनिष्ट किल्ला : काँग्रेसका भडेल भारी मतले बिजयी

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...