भक्तपुर, असार ५ २०७९नेपाली काँग्रेस (वी पी) का उपसभापति तथा बागमती प्रदेशका संयोजक सुदर्शन सिटौलासहित पाँचजना केन्द्रीय सदस्यहरुले पार्टीबाट राजीनामा दिएका छन्।
सिटौलासहित सहमहामन्त्री दिपक कार्की, केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक गोपाल श्रेष्ठ, केन्द्रीय सदस्यहरु झविन्द्र आचार्य, ध्रुव थापा, शारदा श्रेष्ठ, सुनिता कार्किले पदबाट राजीनामा दिएर राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएका छन्।नेपाली काँग्रेस (वी पी)मा पार्टी ४ ५ जनाको झोलामा रहको तथा राष्ट्रिय चिन्तनहरुमा बेखबर रहेको समेत आरोप लगाएका छन्।
राष्ट्र र राष्ट्रियताको पक्षमा स्पष्ट अडान भएका राष्ट्रवादी नेताको छवि बनाएको राप्रपामा समाहित हुँदै सम्पुर्ण देशभक्त प्रजातन्त्र प्रेमिहरुलाई राप्रपामा गोलबद्व हुन उनीहरुले अपिल गरेका छन् ।