एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनलाई निरन्तरता दिने बताएका छन् । गठबन्धनको बलमा स्थानीय तह निर्वाचनमा पोखरा महानगर जितेको भन्दै संसदीय निर्वाचन सम्मै गठबन्धनलाई अघि बढाउने अध्यक्ष नेपालको भनाइ छ ।
उनले गठबन्धनभित्र संघ र प्रदेशको निर्वाचन मंसिर महिनालाई आधार बनाएर छलफल भइरहेको भन्दै सिट संख्याको टुंगो लाउने विषयमा छलफल भइरहेको बताए । पार्टीमा बैठकमा गठबन्धन भन्दा संगठन विस्तारमा ध्यानदिनुपर्ने पक्षमा आफूले निर्देशन दिएको पनि जिकिर गरेका छन् ।