जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर मन्त्री हेरफेर गर्ने तयारी गरेको छ ।
असन्तुष्ट डा बाबुराम भट्टराई अलग हुने तयारी गरिरहेका बेला अध्यक्ष उपेन्द्र यादव पक्षले भने मन्त्री हरफेरको तयारी गरेको हो । गएराति बसेको बैठकले सरकारमा रहेका चारजना मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेको छ । नयाँ पठाउने अधिकार पनि अध्यक्ष यादवलाई नै दिइएको छ ।
सो भेलाले पार्टीको गतिविधि गर्ने सबैलाई कारबाही गर्ने निर्णय गरेको छ । त्यसैगरी असारभित्रै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि भएको बताइएको छ ।