News Portal

  • स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक ‘फास्ट ट्रयाक’मा पारित

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १७असार २०७९
    २१३ पटक
    भक्तपुर, १७असार २०७९

    स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक राष्ट्रिय सभाबाट ‘फास्ट ट्रयाक’मा पारित भएको छ ।

    आइतबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले प्रस्तुत गरेको औषधि ( तेस्रो संशोधन) विधेयक र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ सर्वसम्मतिले पारित गरेको हो । यी दुबै विधेयक प्रतिस्थापन् विधेयक हुन् । कोरोना भाइरसको महामारीलाई ख्याल गरेर तत्कालीन सरकारले ल्याएको अध्यादेधलाई प्रतिस्थापन् गर्न वर्तमान सरकारले विधेयक ल्याएको हो । यी तीन वटै विधेयकलाई भने राष्ट्रिय सभाले सभामै दफावार छलफल गरेर पारित गरेको हो ।

    संसदको चालु अधिवेशनको अवधि कहिलेसम्म जान्छ भन्ने यकिन नभएकाले फास्ट ट्रयाकमा पारित गरेर प्रतिनिधिसभामा पठाइएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...

    गोपाल नारायणको नेतृत्वमा नेराकस(निजामती)को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष...

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...