News Portal

  • शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार होःराष्ट्रपति भण्डारी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १७ असार २०७९
    ५१७ पटक
    भक्तपुर, १७ असार २०७९

    राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार रहेको बताएकी छन् । । नेपाल ल क्याम्पसको ६८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

    विश्वविद्यालयका प्राध्यापकहरूले मुलुकमा भइरहेको संवैधानिक एवं कानुनी अभ्यासका क्रममा यदाकदा देखिने विचलनहरूका बारेमा समेत प्राज्ञिक विमर्शमार्फत कानुन तर्जुमा, न्याय निरुपण र कार्यान्वयनसँग सम्बद्ध निकायहरूहरूलाई निगरानीका साथै पृष्ठपोषणसमेत गर्नुपर्नेमा जोड दिइन् । कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार भएकाले संविधान र कानुनका बारेमा समाजमा जनचेतना अभिवृद्धि गराई कानुनको परिपालना गराउन विश्वविद्यालयमा कार्यरत कानुनका प्राध्यापक तथा अध्ययनरत विद्यार्थीको अहम् भूमिका रहने राष्ट्रपति भण्डारीको भनाइ छ ।

    मुलुकलाई आवश्यक पर्ने नयाँ युगको नयाँ चुनौतीहरूको सामना गर्नसक्ने दक्ष कानुनी जनशक्ति उत्पादन गर्नका लागि आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारको विकास गर्दै कानुनी शिक्षालाई युग सापेक्ष बनाउँदै अगाडि लैजान अति आवश्यक रहने उनले बताएकी छन् । संविधान र कानुनका बारेमा समाजमा जनचेतना अभिवृद्धि गराई कानुनको परिपालना गराउन विश्वविद्यालयमा कार्यरत कानुनका प्राध्यापक तथा अध्ययनरत विद्यार्थीको अहम् भूमिका रहने राष्ट्रपति भण्डारीको भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...