News Portal

  • बाबुराम पक्षद्वारा मन्त्री हेरफेरको निर्णय अस्वीकार

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,२० असार २०७९
    ४११ पटक
    भक्तपुर,२० असार २०७९

    जनता समाजवादी पार्टी नेपालमा डा . बाबुराम भट्टराई पक्षले पार्टीबाट भएको मन्त्री हेरफेरको निर्णयलाई अस्वीकार गर्ने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एकलौटी निर्णय गरेको’ भन्दै भट्टराई पक्षले त्यसलाई कार्यान्वयनमा नल्याउन दबाब दिन आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएको छ ।

    जसपाका कार्यकारिणी सदस्य गङ्गा श्रेष्ठले भने, ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले एकलौटी निर्णयबाट मन्त्री हेरफेर गर्नुभएको छ, जुन हामीलाई स्वीकार्य छैन ।’ पार्टीमा आन्तरिक विवाद चलिरहेको अवस्थामा कसैसँग सल्लाह नगरी एकलौटी रूपमा तीन जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन जना मन्त्री पठाउने निर्णय गलत रहेको भन्दै उनले यसलाई सच्याउनुपर्ने बताएका छन् ।

    अध्यक्ष यादवले गरेको एकलौटी निर्णय कार्यान्वयन नगर्न आजै आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने उनले जानकारी दिएका छन् । अध्यक्ष यादवले गरेको निर्णय सर्वसम्मत होइन, विवादित निर्णय हो, त्यसलाई कुनै पनि हालतमा लागु गर्नुहुँदैन भनेर प्रधानमन्त्री देउवालाई भेटेर भन्ने उनले बताएका छन् ।

    यसअघि पनि जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर जसपाका अध्यक्ष उपेन्द्र यादवबाट आउने कुनै पनि एकपक्षीय निर्णय कार्यान्वयनमा नल्याउन आग्रह गरिसकेका थिए ।असार २७्र २८ गते वीरगञ्जमा बस्ने केन्द्रीय समितिको बैठकमा जाने कि नजाने भन्ने विषयमा पनि आफूहरूको बीचमा छलफल भइरहेको श्रेष्ठले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...