नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भएको छ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक राखेका हुन्।
समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्नेबारे पदाधिकारी बैठक बस्न लागेको पौडेलले बताए । कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। यो बैठकमा चुनावी समीक्षा पनि हुनेछ।
विधानअनुसार छ महिनाभित्र मनोनीत गरिसक्नुपर्छ।