News Portal

  • माओवादीले स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २३ असार २०७९
    ५५६ पटक
    भक्तपुर, २३ असार २०७९

    नेकपा माओवादी केन्द्रले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने भएको छ ।

    काठमाडौंमा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने प्रस्ताव राखेका हुन् ।स्थानीय चुनावमा १५० देखि १७० वटा पालिका जित्ने अनुमान माओवादीले गरेको तर अनुमानभन्दा ५० सिट कम जितेको र त्यसमा पनि खासगरी मधेसमा पार्टीको निराशाजनक नतिजा आएको प्रचण्डको भनाई थियो ।

    कतिपय स्थानमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउनुलाई नै सफलता मान्ने प्रवृत्ति देखिएको प्रचण्डले बताए । धेरै सिनियर नेताहरुलाई पनि अन्तरघातको आरोप लागेको उनको भनाइ छ । यो समितिले १५ दिनभित्र स्थायी समितिलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा कारबाही गर्ने उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...