प्रधानमन्त्री शेरबहादुर देउवाबीच र नेपाल उद्योग परिसंघ भेटवार्ता भएको छ । मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नवप्रवर्तन उद्यम प्रोत्साहन लगायतका विषयमा छलफल भएको हो ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो । विश्वव्यापी रुपमा देखिएको इन्धन संकट र त्यसले देशको अर्थतन्त्रमा पारेको असरका विषयमा पनि छलफल भएको छ । परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था र सुधार्न चालिनुपर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जनाइएको छ ।
यस्तै लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय संचिति, लगानी प्रबद्र्धन गर्न तत्काल एवं दीर्घकालीन रुपमा लिइनुपर्ने नीतिका विषयमा समेत छलफल भएको बताइएको छ ।