नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन् । साउनको ४ या ५ गते मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने तयारी भएको उनले बताए ।
संघ र प्रदेशको निर्वाचनको मिति साउन ४ वा ५ मा बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने थापाले जानकारी दिए । सोमवार ललितपुर क्षेत्र नम्बर २ मा आयोजित कार्यक्रममा महामन्त्री थापाले चुनाव मिति घोषणा हुन बाँकी रहेको ८ दिनमा मतदाता नामावली संकलनको काममा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।