News Portal

  • पशुपन्छी बजार निर्देशनालयका ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २८ असार २०७९
    ५११ पटक
    भक्तपुर, २८ असार २०७९

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपन्छी बजार निर्देशनालयका कार्यक्रम निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष ०७३ ७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रम मार्फत तेह्रथुमको म्याङ्लुङ ५ मा आम्फुवा हाटबजार निर्माण गर्दा अनियमितता गरेको आरोप छ ।

    निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बजगाईँ र वरिष्ठ पशु चिकित्सक पूजा शर्माले हाटबजार निर्माण कार्यको अस्वाभाविक दोस्रो वा अन्तिम रनिङ बिलको भुक्तानी अनुगमनबिना गरेको आरोप छ । उनीहरूमाथि जनही ४७ लाख ३७ हजार ६२९ बढी रुपैयाँ बिगो माग दाबी सहित जिल्ला अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ ।

    यस्तै किराँत याक्थु चुमलुङ कृषि सहकारीका अध्यक्ष गणेश कुमार लिम्बु, व्यवस्थापक तेजमान कन्दङ्वा र कोषाध्यक्ष गणेश बहादुर सोदेम्बाले निर्माणका क्रममा आफूलाई फाइदा हुने गरी बिल भरपाई पेशी गरी भुक्तानी लिएको आरोप छ । उनीहरूलाई पनि जनही ४७ लाख ३७ हजार ६२९ रुपैयाँ बिगो कायम गरिएको छ ।

    लाइफ टाइम इन्जिनियरिङ सोलुसन प्राली का सञ्चालक रोशन भट्टराईले हाटबजार निर्माण सम्पन्न भएको मूल्याङ्कन प्रतिवेदन बनाएको आरोप छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...