News Portal

  • नागरिकता विधेयक फिर्ता लिन भीम रावलको माग

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २९ असार २०७९
    ३८७ पटक
    भक्तपुर, २९ असार २०७९

    एमाले सांसद भीम रावलले प्रतिनिधिसभामा अघि बढेको नागरिकता विधेयक फिर्ता लिन माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा रावलले नागरिकताको विषयलाई खेलाची र राजनीतिक खेल नबनाउन सरकारलाई आग्रह गर्दै फिर्ता लिन माग गरेका हुन् ।

    नागरिकतासम्बन्धी पछिल्लो विधेयकले विदेशीलाई सहजै नेपाली नागरिक बन्न ढोका खोल्ने उनको भनाइ छ । पूर्वगृहमन्त्रीसमेत रहेका रावलले लामो समयदेखि नागरिकता वितरणमा कडाइ गर्नुपर्ने बताउँदै आएका छन् । बुधबारकै बैठकमा एमालेका अर्का सांसद शेरबहादुर तामाङले असमान ढंगले नागरिकता विधेयक आएको आरोप लगाए । नेपाली नागरिकले विवाह गर्ने विदेशीलाई वंशजको हक दिने हो भने नेपाली आमाका छोरीहरूले पनि पाउनुपर्ने व्यवस्था गर्न उनले माग गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...